टान पोखराको १९ औं साधारणसभा तथा १२ औं अबिधेशन

पोखरा, १२ भाद्र/साधारणसभाको उद्घाटनका अबसरमा बोल्ने उद्योगी तथा पर्यटन ब्यबशायीहरुले पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि जारी आन्दोलन अझै शसक्त बनाउनुपर्नेमा जोड दिएका छन् । ट्रेकिङ एजेण्ट एसोसिएसन अफ नेपाल टान पोखराको १९ औं बार्षिक साधारणसभा तथा १२ औं अबिधेशनको उद्घाटन सत्रमा बोल्ने व्यक्ताले पोखराको पर्यटन प्रबद्र्धनको लागि बिमानस्थल अपरिहार्य रहेको बताए ।

कार्यक्रममा बिमानस्थल निर्माण सरोकार समितिका सदस्य एबं नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले जारी आन्दोलनले सरकारलाई दवाब परेको उल्ले गर्दै प्रक्रिया अघि नबढाए सरकारको बिरुद्धमा आन्दोलन चर्काउने चेतावनी दिए । पोखरा पर्यटन परिषद्का अध्यक्ष टिकाराम सापकोटाले बिमानस्थल निर्माणको लागि अघि बढाएको प्रक्रिया त्रुटिपूर्ण भए सच्याएर अघि बढ्न सरकार संग आग्रह गरे ।

टान पोखराका अध्यक्ष सोम थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष सोम थापा, सल्लाहकार डम्बर केसी, सचिब नारायण सापकोटा लगायतले विमान स्थल बनाउन पोखे्रलीको जोड आवश्यक भएको बताए । साधारणसभाको अबसरमा संघले संसारको सबैभन्दा अग्लो सगरमाथाको चुचुरोबाट यात्रा थाली संसारको सबैभन्दा होचो स्थानमा यात्रा टुङग्याएका
सानोबाबु सुनार, अन्नपुर्ण चौथो हिमाल आरोहण गर्न सफल निर्मा राई, शन्तिकला राई, मनु गुरुङ र सरस्वति बिकलाई जनही २५ सय नगद सहित सम्मान गरेको छ ।

संघको १२ औं अबिधेशनले आगामी २ बर्षे कार्यकालको लागि १३ सदस्यिय नया कार्यसमिति चयन गर्नेछ । आगामी कार्यकालको लागि सचिब र कोषध्यक्ष पद सर्बसम्मत चयन भएको र अन्य पदमा निर्बाचन हुने भएको छ । सर्बसम्मत निर्बाचित हुने मध्य सचिबमा डम्बरराज अधिकारी र कोषाध्यक्षमा हरि भुजेल रहेका छन् । नया कार्यकालको लागि अहिलेका सचिब नारायण सापकोटा र प्रथम उपाध्यक्ष हिरा केसीले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै प्रथम उपाध्यक्षमा रामचन्द्र शर्मा र देबदास श्रेष्ठको उम्मेदवारी परेको छ भने द्धितिय उपाध्यक्षमा पासाङ शेर्पा र धर्मेन्द्र कुमार बाटाजुको उम्मेदवारी परेको छ । त्यस्तै सहसचिबमा बिनय आचार्य र यदु पोखरेलले उम्मेदवारी दिएका छन् । संघको ७ सदस्यको लागि १३ जनाको उम्मेदवारी परेको छ ।

कमेन्टहरु
Loading...