पुराना तीजगीतको भाका समेटीएको हम्काइलौको विमोचन

पोखरा, १३ भदौ/ पुराना तीज गीतका भाकाहरु समेटीएको तिजको गिती एल्वम हम्काइलौ तीज गीतको पोखरामा विमोचन भएको छ । ८० वर्षिय बृद्धाले निकालेको एल्बमको ९८ वर्षियाका बृद्धाले विमोचन गरीन् । पोखरा ७ मासबारकी बदसरा पराजुलीको संकलन, गायन रहेको हम्कालौ तीज गीतको ९८ वर्षिया खगेश्वरी बरालले विमोचन गरेकी हुन् । गीतको छायांकन सहित डिभिडिमा बजारमा आएको ।

विमोचन कार्यक्रममा एल्वमका निर्देशक एकराज लम्सालले एल्वममा रहेको गीतहरु करिब १ सय वर्ष भन्दा बढि पुराना भएका कारण दृश्य पनि त्यसै अनुरुप छायांकन गरेको बताए । उनले एक सय वर्ष पहिलेको तीजको बारेमा यो गीत हेरे पछि स्पष्ट हुन सकिने बताए ।

विमोचन कार्यक्रममा विशेस्वर पराजुलीले पुराना भाका समेटीको गिती एल्बमले पछि सम्म पनि जिवन्त राख्न सहयोग पुग्ने बताए । निर्देशक एकराज लम्सालको सभापत्विमा भएको कार्यक्रमको सन्चाल रवि बरालले गरेका थिए । एल्वममा तीज सम्बन्धी तीनवटा गीत समाबेस छन् । तीनवटै गीतमा बदसर पराजुलीलाई उनकै बुहारी शारदा पराजुलीले स्वरमा साथ दिएकी छन् ।

व्याक फेमको प्रस्तुती रहेको एल्वममा संगित अमर गुरुङ्ग पोख्रेली र दिलिप गायकको रहेको छ भने सम्पादन सगुन सिग्देलको रहेको छ । तीजका पुराना भाकाहरुको संरक्षण गर्ने उद्देश्यले एल्वम निकालेको बताउदै बदसर पराजुलीले रिति र संस्कृतीको जगेर्ना गर्न एल्वम सक्षम हुने बताइन् । उनले अघिल्ला वर्षहरुमा तीज गीत प्रतियोगितामा हम्काइलो गीत गायर एक दर्जन भन्दा बढि पुरस्कार जिति सकेको बताइन् । तर पछिल्लो समयमा आफ्नो गीत अरुले नै चोर गायर पछि एल्वम निकाल्नु पर्ने रहेछ भन्ने थाहा भएको बताइन् । एल्वम निकाल्न एकराज लम्साले सहयोग गरे पछि आफुले एल्वम निकालेको बताइन् । लम्साल र अन्य सहयोगीहरुले करिब २ लाख खर्च गरि उनको एल्वम निकाली दिएको बताए ।

कमेन्टहरु
Loading...