स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता बैशाख १६ गते

काठमाडौ, ११ फागुन/निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचनको कार्यतालिका सुचना प्रकाशित गरि सार्वजनिक गरेको छ । तालिका अनुसार बैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सरकारले बैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय, गाउँपालिका, नगरपालिका केन्द्रमा उम्मोदरी दर्ता गर्नु पर्नेछ ।

१७ गते दाबी विरोध र मनोनयन पत्र जाँच गर्ने, १८ गते उम्मेदवारी फिर्ता दिने र १९ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिनेछ । ३१ गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

कमेन्टहरु
Loading...