देशभर बैशाख २५ देखि ३१ सम्म विद्यालय बन्द हुने

काठमाडौ, ११ फागुन/निर्वाचन आयोगले निर्वाचनका लागि बैशाख २५ देखि ३१ गतेसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् । बुधबार सरकारका नाममा १९ बुँदे निर्देशन जारी गर्दै यो मितिमा देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्न र मतदानस्थलका रुपमा प्रयोग हुने विद्यालय कम्पाउण्डहरु मर्मत सरकार भनेको छ ।

आयोगले चुनावको तयारीमा खटिने निर्वाचन आयोगका पदाधिकारी र कर्मचारीको सुरक्षा प्रवन्ध गर्नका साथै चाहिएका बेला उपलब्ध हुने गरी हवाइ टिकट र हेलिकोप्टरको समेत व्यवस्था गर्न सरकारका नाममा निर्देशन जारी गरेको छ ।

निर्वाचन आयोगले देशैभरिका शिक्षकहरुको विवरण एक साताभित्र निर्वाचन आयोगसमक्ष पठाउन भनेको छ । साथै चाहिएका बेला कर्मचारीको व्यवस्था गर्न र निर्वाचन सामाग्रीको सुरक्षाको उचित प्रवन्ध गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका बुधबार सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । सरकारले स्थानीय तह निर्वाचन बैशाख ३१ गते निर्वाचन तोकेको छ ।

कमेन्टहरु
Loading...