प्रहरीका २० प्रहरी नायब महानिरीक्षकको सरुवा, क्षेत्रीय प्रहरी कार्यालय पोखरामा मधुप्रसाद पुडासैनी

काठमाडौं, फागुन ११/गृह मन्त्रालयले नेपाल प्रहरीका २० प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको छ । सोमबार मन्त्रिस्तरीय निर्णयबाट उनीहरुलाई सरुवा गरिएकामा बुधबार​ मात्रै प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । सो अनुसार ट्राफिक महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अन्तर्गत् विभाग र विशेष ब्युरोका प्रमुख बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।

यसैगरी, प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा,  विजयलाल कायस्थलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत,  गणेश केसीलाई क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा, रोमेन्द्रसिंह देउजालाई सुदूरपश्चिम क्षेत्रीय कार्यालय र रमेशकुमार भट्टराईलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको छ ।हेमन्त बहादुर पाल विशेष ब्युरो, मिङ्मार लामा ट्राफिक महाशाखा, देवेन्द्र सुवेदी प्रहरी प्रशिक्षण प्रतिष्ठान, कमलसिंह बम अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पंकज श्रेष्ठ त्रिभुवन विमानस्थल र सुदीप आचार्यलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालय अन्तर्गत् प्रहरी नायब महनिरीक्षक माधवप्रसाद नेपाल तालिम निर्देशनालय, गोविन्दप्रसाद निरौला अन्वेषण योजना निर्देशनालय, विजयकुमार भट्ट महिला तथा बालबालिका सेवा निर्देशनालय, केदारमानसिंह भण्डारी अपराध अनुसन्धान विद्यालय, पशुपति उपाध्याय कार्य विभाग, माधवप्रसाद जोशी प्रबन्ध शाखा र केशरीराज घिमिरेलाई मानव स्रोतसाधन विभागमा सरुवा गरिएको छ ।

कमेन्टहरु
Loading...