पोखरा महानगरका इन्जिनियरलाई महानगर वा कन्सल्टेन्सी एक रोज्न जिसीको निर्देशन

पोखरा, ९ जेठ/पोखरा लेखनाथ महानगरपालिकाका मयेर मानबहादुर जिसीले महानगरपालिकाका प्राविधिकहरुलाई दुई मध्ये एक रोज्न निर्देशन दिएका छन् ।

जिसीले महानगरपालिकामा कार्यरत इन्जिनियरहरुले बाहिर खोलेको भेटिएकाले कन्सल्टेन्सी वा महानगरपालिकाको जागिर मध्ये एक रोज्न निर्देशन दिएका हुन् ।

जिसीले आफ्नो नाम वा परिवारका नाममा बाहिर खोलीएका कन्सल्टेन्सी मध्ये एकलाई रोजेर काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिएका हुन् ।

बाहिर कन्सल्टेन्सीमा काम गर्दा महानगरपालिका काममा प्रभावित भएको गुनासो आए पछि त्यस्तो निर्देशन दिएको उनले बताए ।

कमेन्टहरु
Loading...