पहिरोमा परी ज्यान गुमाउनेको संख्या ७ पुग्यो, ४ बेपत्ता

रविन भट्टराई
२३ जेठ, ताप्लेजुङ ।  ताप्लेजुङको थुकिम्बा ६ मा गएराति गएको पहिरोले दुई घर बगाउँदा तीन परिवारका ७ जनाको मृत्यू भएको छ भने ४ जना अझै बेपत्ता छन् । राति झन्डै साढे १२ बजे घर माथीबाट झरेको पहिरोले अस्टबहादुर सिवा, सलमान सिवा र तेजमान सिवाको परीवारलाई बगाएको ताप्लेजुङका प्रहरी प्रमुख गोविन्दप्रसाद आचार्यले जानकारी दिनुभयो । अहिले सम्म ७ जनाको मात्र सव फेला परेको छ भने पहिरोमा परेका अरु ४ जना अझै बेपत्ता छन् ।प्रहरीका अनुसार उक्त पहिरोमा परी मृत्यू हुनेमा ४० वर्षका सलमान सिवा, उनकि श्रीमती ३६ वर्षकी मनमाया सिवा, छोरा नासीराम सिवा र खगेन्द्र सिवा, ६९ वर्षका अष्टबहादुर सिवाकी नाम खुल्न नसकेकि ६० वर्षकी श्रीमती, तेजमान सिवाकी १० वर्षकी छोरी नैना सिवाको रहेका छन् । अहिले प्रहरी र स्थानीय बासीको सक्रियतामा बेपत्ताको खोजिकार्य जारी रहेको छ भने घटनाको जानकारी पाउनसाथ सदरमुकामबाट नेपाली सेना र ससस्त्र प्रहरीको टोलि पनि सो स्थान तर्फ प्रस्तान गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो । घटनास्थल ताप्लेजुङ सदरमुकामबाट एक दिनको पैदल दुरीमा रहेको छ ।

यसैविच सोहि पहिरोले थुकिम्बा ४ को कुबेर सिंह सावाको घर पनि बगाएको छ । सावाको आठ परिवारमा पहिरोले तीन जना घाईते भएको छन् भने पाँच जना भागेर जोगिन सफल भएको स्थानीयले बताएका छन् । घाईते मध्ये सुकमायाँ सावाको अबस्था गम्भिर रहेको छ । अन्य घाईतेको नाम खुल्न सकेको छैन । घाईतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भर्इरहेको छ । त्यस्तै ताप्लेजुङकै नाल्बु ५ मा पनि पहिरोले तुरुन्धोज नाल्बोको घर भत्काउँदा उनका ८ परिवार विस्थापित भएका छन् । पहिरोले घर सबै भत्काएको र खेत बारी पनि बगाएको बताईएको छ । उनीहरु छिमेकिको सहरणमा बसेका छन्. ।

– See more at: http://www.onlinekhabar.com/2013/06/79129/#sthash.wUF05zkG.dpuf

कमेन्टहरु
Loading...