स्थानीय तह कर्मचारी युनियनमा पौडेल

पोखरा, ११ फागुन /देशभरका स्थानीय निकायमा कार्यरत प्रजातान्त्रीक बिचारमा आस्था राख्ने कर्मचारीहरुको भेलाले ओमराज पौडेलको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ ।

स्थानीय तह कर्मचारी युनियन नेपालको अध्यक्षमा पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत पौडेललाई प्रश्ताव गरियो । समितिको बरिष्ठ उपाध्यक्षमा काठमाण्डौं महानगरपालिकाका नर बहादुर साउद र जिल्ला विकास समिति काठमाण्डौंकै दीपक कुमार केसी चयन भए । महिला उपाध्यक्षमा भने जिविस कास्कीकी बसन्ती श्रेष्ठ छिन् ।

समितिको महासचिवमा राम प्रसाद पौडेल, सचिवहरु पुष्पराज आचार्य र मनोजकुमार केसी तथा कोषाध्यक्षमा बाबुकृष्ण पाठक छन् । सदस्यहरुमा कमल कोइराला, मेघनाथ बास्तोला, शिवजी भट्टराई, सुरेन्द्र पाण्डे, सन्दिप हमाल, धन प्रसाद कोइराला, हरि प्रसाद जोशी, चन्द्रकान्त जोशी र हरि प्रसाद भट्ट चयन भएका छन् भने सल्लाहकारमा गंगाधर गौतम, दिपक अधिकारी र नारायण तिमिल्सीना छन् । भेलाले ९ बुँदे पोखरा घोषणा पत्र समेत जारी गरेको छ ।

कमेन्टहरु
Loading...