विविध कार्यक्रम गरिदै विश्व वातावरण दिवस मनाइँदै

काठमाडौ, जेठ २२ (सेतोपाटी)

आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस। ‘सोचेर खाऔं, खाना खेर नफालौँ, वातावरण जोगाऔं भन्ने मुल नाराकाका साथ नेपालमा पनि विविध कार्यक्रम गरि यो  दिवस मनाइदैछ। विश्वमा भोकमरी बढिरहेका बेला खाने कुरा खेर फाल्ने प्रवृत्ति र खाद्यन्नमा हुने नोक्सानी घाटाउने उद्धेश्यले यस बर्ष यस्तो नारा तय गरिएको हो।

विश्व वातावरण दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले वातावरण संरक्षणका लागि प्रदुषणलाई न्युनिकरण गरि पर्यावरणीय विकासमा लाग्न सबैलाई आग्रह गरेका छन्। उनले आफ्नो क्षणिक स्वार्थका लागि प्राकृतिक बिनास गर्ने कार्यमा रोक लगाउनुपर्ने बताएका हुन्।
बातावरण संरक्षणका लागि मानिसको दैनिक जिवनबाटै शुरुवात गर्नुपर्ने अध्यक्ष रेग्मीको भनाइ थियोे।
कमेन्टहरु
Loading...