सुनौला हजार दिनलाई ख्याल गर्नुहोस् –राष्ट्रिपति भण्डारी

सागर राज तिमिल्सिना
पोखरा, १२ असोज/राष्ट्रिपति विद्यादेवी भण्डारीले महिला र बालकालिका दुबैलाई सुरक्षीत राख्न सुनौला हजार दिनलाई ख्याल गर्नु पर्ने बताएकी छन् । पोखरा १६ बाटुलेचौरमा मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै भण्डारीले आमा र बच्चाको स्वास्थ्यलाई राम्रो बनाउन अस्पतालले प्रभावकारी भुमिका खेल्ने बताइन् । उनले नेपाल र जापानको दैत्यसम्बन्धको हिरक जयन्तीका अवसरमा अस्पताल उद्घाटन गर्न पाएकोमा खुसि व्यक्त गरीन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारी पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै । तस्विर ः सञ्जय शाक्य
राष्ट्रिपति विद्यादेवी भण्डारी पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै । तस्विर ः सञ्जय शाक्य

उनले अस्पताल निर्माणले जापानको कोमागाने नगर र पोखरा नगर पालिकाको प्रगाढ हुने बताइन् । उनले पोखरामा पर्यटकीय प्राकृतिक ऐतिहासीक शहर भएको बताउदै यसको सरक्षण ध्यान दिनु पर्ने बताइन् । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरद्धारा निर्मित मातृशिशु मितेरी अस्पताल बुधबार नै सरकारलाई हस्तान्तरण गरेको छ । सरकराले विशेषज्ञ सेवा सहितको जिल्ला स्तरीय अस्पतालको रुपमा अस्पताललाई सञ्चालन गर्ने पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक तारानाथ पौडेलले बताए । जापानको कोमागाने नगरको सहयोगमा भौतिक तथा प्राविधिक उपकरणको सहयोगमा पोखारमा आमा र शिशुलाई लक्षित गरि अस्पताल सञ्चालनमा आएको हो ।

राष्ट्रिपति विद्यादेवी भण्डारी पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै । तस्विर ः सञ्जय शाक्य
राष्ट्रिपति विद्यादेवी भण्डारी

दिर्घकालिन सञ्चालनका लागि बिशेषज्ञ सेवा सहित २५ शैयाको जिल्ला स्तरीय अस्पतालका लागि सरकारलाई हस्तान्तरण गरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण थापाले बताए । करिब १० करोडका लागतमा ३० वटा रुप र झण्डै चार करोडको सामाग्री अस्पताल निमार्णमा खर्च भएको थापाले बताए । जापनको कोमागने नगरसँग भगिनी सम्बन्ध स्थापित भएको १० औं बर्षगाठको अबसरमा २०६९ सालमा अस्पताल स्थापना भएको थियो । वाटुलेचौर स्थित स्वास्थ्यचौकीको स्तरोन्नती र मातृशिशु मितेरी अस्पताललाई समायोजन गर्दै जिल्ला स्तरीय अस्पताल बनाइएको हो ।

राष्ट्रिपति विद्यादेवी भण्डारी पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै । तस्विर ः सञ्जय शाक्य
राष्ट्रिपति विद्यादेवी भण्डारी पोखरा १६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालको उद्घाटन गर्दै । तस्विर ः सञ्जय शाक्य

एक जना स्त्रीरोज बिशेषज्ञ र एक जना वालरोग विशेषज्ञ तथा चार जना मेडिकल अफिसर सहित ३८ जनाको दरबन्दी रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रेम प्रसाद पंगेनीले जानकारी दिए । अस्पतालमा मातृशिशु स्वास्थ्यको लागि आवश्यक सम्पूर्ण सेवा प्रदान गर्न सकिने गरी सामाग्री समेत प्राप्त भएको उनले बताए । कार्यक्रममा जापानको कोमागानेका मेयर कोजी सुगीमोतो, नेपालका लागि जापानका राजुत मासांसी ओगावा लगाएतले नेपाल जापान सम्बन्धका बारेमा चर्चा गरेको थिए । कार्यक्रममा राष्ट्रिपति भण्डारीले अस्पताल स्थापनमा सहयोग गर्नेहरुलाई सम्मान गरेकी थिइन् । आज नै भण्डारीले रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को आयोजनामा भएको नेशनल कन्फरेन्स अन लिटरेसी वास इन स्कुलको उद्घाटन गरिन् ।

कमेन्टहरु
Loading...