म्याग्दीमा पहरिरोले बाटो अबरुद्ध, १ जना घाईते

म्यादी, २१ मंसिर/म्याग्दी भुरुङ तातोपानी ९ नैनि बगर स्थित बेनी जोमसोम सडकमा डोजरले बाटो खनी रहेको अवस्थामा पहिरो जाँदा सडक अबरुद्ध भएको छ भने एक जना घाईते भएका छन् ।

रोड माथीबाट ढुङ्गामाटो सहितको पहिरो खस्दा बाटोमा रोकी राखेको ग१त ३८०५ नम्बरको ट्याक्टर पछाडीको टर्लीको भाग पुर्ण रुपमा पुरिएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोले सडकमा काम गर्ने म्याग्दी बरङ्जा ८ का ३२ बर्षिय तल्सी सापकोटा घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाईते भई स्थानीय मेडिकलमा उपचार भएको छ । पहरिको कारण बेनी मुस्ताङ्ग बाटो अवरोध भएको र प्रहरी सहितको टोलीले खुलाउने काम गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...