पोखरामा वढ्दै छ स्काइ डाइभ, कसरी हुन्छ स्काइ डाइभ (फोटो फिचर )

दश हजार फिट माथीवाट हाम फालिन् क्रिष्टिनाले
पोखरा, २० पौष /१० हजार फिट माथी आकासवाट हाम फाल्ने (स्काई डाईभ गर्ने) अाँट सायदै नेपालीहरुमा भेटिदैन तर विदेशीहरुमा भने यो आट एदा कदा भेटिन्छ । यो आटका लागि व्यवसायीक डाईभरहरुनै चाहिन्छ । पोखरामा विदेशी पर्यटकहरुको चाप वढ्नुमा पोखराको साहसिक पर्यटकीय गन्तव्य पनि एक हो । जसको प्रमुख स्थान हावामा कावा खादै आकासवाट एकै चोटि हिमाल ताल, गाउँ र सहरको अवलोकन गर्नु हो । यो खेल अव अवलोकनमा मात्रै सिमित भएन आकासैवाट हाम फालेर पोखराको फेवातालमा हाम फाल्नु पनि अनौठो शौख भएको छ पर्यटकको ।

kristina skydive (1)

विहिवार मात्रै एक जना नर्वेकी २७ वर्षिया क्रिष्टिना दि लेवेन्स्कीले वेलुकीको चार वजे फेवाताल माथीको आकासवाट उड्दा उड्दैको अल्ट्रालाईट (पुतली जहाज) वाट हाम फालिन् । त्यो पनि नौ हजार पाँच सय फिटको उचाईवाट । उनले पोखरामा हाम फालेको यो पहिलो पटक हो तर उनले यस अगाडी विभिन्न मूलुकहरुमा एक सय ५० स्थानमा स्काई डाईभ गरिसकेकी छन् । उनका अनुसार विश्वकै सवै भन्दा रोमान्चक र साहसिक स्काई डाईभ पोखरामै भयो । उनले भनिन्–“ यहाको प्राकृतीक सुन्दरताका कारण स्काई डाईभ गर्दा निकै आनन्द आयो र यहाका डाँडा काडाले गर्दा कता कता डर पनि लाग्यो तर डर भन्दा वढी रमाईलो भयो ।”

पोखरामा कुनै कुनै वर्षमा आकासवाट हाम फाल्न सौखिन विदेशीहरुले एक घण्टाको पुतलीजहाज भाडामा लिएर र हेलिकप्टरवाट हाम फाल्ने गर्छन् । एभिया क्लवका अनुसार वषर््ामा एक पटक कहिले एक जना त कहिले दुई जनाले आकासवाट हाम फाल्ने गर्छन् । यो वर्ष यस्तो साहसिक खेलका लागि सवै तारतम्व्य मिलाउने काम लेकसाईडमा रहेको एनी टुर्स एण्ड ट्राभल्स नेपालले लिएको हो । ट्राभल्सका संचालक राम प्रसाद गौतमका अनुसार पोखरालाई साहसिक गन्तव्यका रुपमा विकास गर्न आकासवाट अवलोकन मात्रै नभएर हाम फाल्न समेत प्रभावकारी व्यवस्थानपको खाचो छ । उनले भने–“हाम्रो मा मासिक जसो स्काई डाईभका लागि पर्यटकहरुले सोध खोज गर्छन् तर पोखरामा स्काई डाईभ गराउने व्यवसायीक पाईलटको अभावमा यो काम निरन्तर हुन सकेको छैन ।” एक पटक स्काई डाईभ गर्नेले आधा घण्टाको समयका लागि अल्ट्रालाईट भाडामा लिनु पर्ने तथा नागरिक उड्ययन प्राधिकरणवाट अनुमती सहित जम्मा जम्मी २१ हजार रुपैया वुझाएपछि मात्रै हाम फाल्न पाईने एभिया क्लवका प्रशासकिय अधिकृत प्रविण गौचनले जानकारी दिए ।

उनले भने–“हाम्रो नियमित शुल्क आधा घण्टाको एक सय २५ यूरो र स्काई डाईभका लागि नागरिक उड्ययन प्राधिकरणवाट अनुमती सहित चार हजार रुपैया शुल्क वुझाए पछि दुई हप्ता भित्र हाम फाल्न पाईन्छ ।” हाम फाल्नका लागि व्यवसायीक पाईलट हुनु पर्ने व्यवस्था भएकाले पनि घेरैले चाहना भएर पनि स्काई डाईभ गर्न नपाएको प्रशासकिय अधिकृत गौचनले जानकारी दिए । उनले भने–“स्काई डाईभ गर्नका लागि हाम्रोमा निकै सम्पर्कहरु आउने गरेका छन् तर पाईलटवाहेक अरुले हाम फाल्न नपाउने कारणले समस्या भएको छ ।”

यता एनी टुर्स एण्ड ट्राभल्स नेपालका अर्का संचालक कल्पना थापा अधिकारीले भारत तथा अन्य मूलुकवाट पनि स्काई डाईभका लागि नियमित जसो जानकारी लिन आए पनि स्काई डाईभ शुल्क र अन्य झन्झटिलो व्यवस्थाले समस्या हुने गरेको जानकारी दिईन् । उनले भनिन्–“सन् २०१४को दुई दिनमै १४ जनाले स्काई डाईभ गर्नका लागि हाम्रोमा व्यवस्था मिलाउन अनुरोध गरे तर वढी शुल्क र अन्य प्रकृयाका कारणले जम्मा एक जनाले मात्रै स्काई डाईभ गरे र अर्को एक जनाले पनि यहि हप्ता भित्र स्काई डाईभ गर्ने गरि शुल्क वुझाएका छन् ।” पोखरामा व्यवसायीक रुपमा सन् २००३ वाट स्काई डाईभ शुरु भएको हो र अहिले सम्म ४० जना भन्दा वढीले स्काई डाईभ गरीसकेको एभिया क्लवका प्रशासकिय अधिकृत गौचनले जानकारी दिए ।sky diving (2)kristina skydive (1) kristina skydive (2)

कमेन्टहरु
Loading...