कास्की र स्याङजा जोड्न सात करोडको मोटरेवल पुल

पोखरा,२८ पुस । कास्की र स्याङजा जिल्लालाई जोडने चिसापानी ,सिगारेबास, टक्सार सडकमा पर्ने सुरौदी खोलामा छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको छ । नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रलायको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई बर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले पुलको शिलान्यास गर्दै मुलुकको विकास निर्माण सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो । मुलुकमा प्राविधिक जनशक्तिको अभावमा विकास निर्माणका काम अनुगमनलाई प्रभावकारी हुन नसकेको बताउँदै उहाँले थप दरवन्दी वा कन्ट्याक लिने वा सुविधा दिएर मौजुदा जनशक्तिलाई परिचालन गर्ने बिषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार रणनैतिक महत्वमा परेको चिसापानी सिगारेवास टक्सार ग्रामीण सडकलाई ३० करोडको लागतमा ७.५ मिटर चौढाई डवलल्याण्डको बनाउने कार्य प्रररम्भ गरिएको छ । पोखरा १७ र २३ निर्मलपोखरीलाई जोडने दोविल्लास्थित पार्दीखोलाको पुलको मर्मत र खोलाले कटान गरेको जोखिममा रहेको दोविल्लाको बस्ति संरक्षणको लागि दुई करोड ५० लाख बजेट बिनियोजन भईसकेको उहाँले बताउनु भयो ।

सांसद राजु थापाले कास्की, स्याङजा र तनहुँ जिल्लाको विकास निर्माण र यस क्षेत्रका बासिन्दाको समृद्धिका लागि पुल कोसेढुंगा सावित हुने बताउँदै सुरौदी खोला कोरिडोरको अवधारणलाई अगाडि वढाउन पहल भई रहेको जानकारी दिनुभयो ।
डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर प्रकाश खत्रीले खोलाको बीच भागमा एउटा पिल्लर रहने आधुनिक पुर्वबलीत सो पुलबाट दोहोरो यातायातका साधन आवतजावत गर्न सुविधान पुग्ने जानकारी दिनुभयो ।

भगवती चौतारा दुलेडौडा थपिनीचौतारा ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष मानकाजी गुरुङको अध्यतामा भएको कार्यक्रममा भरतपोखरी गाविस र टक्सार गाविसका पूर्वअध्यक्ष्। यज्ञप्रसाद अधिकारी र कमान सिंह गुरुङ, समाजसेवी कृष्ण बहादुर गुरुङ निर्माण कम्पनिको तर्फबाट बल बहादुर राना लगायतले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...