चर्चित खेलाडीको भोटमाग्न झरना पोखरामा

सागर राज तिमिल्सिना/पोखरा, २३ जेठ/उसु खेलाडी झरना गुरुङ्ग भोटमाग्न पोखरा आएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत २०६९ को चर्चित खेलाडीको मनोनयनमा परेकी झरना गुरुङ्ग भोट माग्न पोखरा आएकी हुन् । काठमाडौमा प्रशिक्षणमा रहेकी झरना भोटमाग्नका लागी पोखरा आएकी हुन् ।

गुरुङ्गले बुधबार पत्रकार सगँ कुराकानी गर्दै जित्ने हार्ने भन्दा पनि मनोनयनमा पर्नु नै ठुलो कुरा रहेको बताइन् । उनले चर्चित खेलाडी मनोनयनम परेकोमा खुसि व्यक्त गर्दै सबै पोख्ररेलीको सहयोग आवश्यक रहेको बताइन् । उनले चर्चित खेलाडी बन्न सबै पोखरा बासीले सहयोग गर्ने बताइन् । कास्कीको ल्वाङघलेल गाविसमा जन्मिएकी झरनाले यो वर्ष भियतनाममा भएको एशियन उस्सु च्याम्पियनशिपमा नेपालका लागी कास्य पदक जिताएकी थिइन् ।

जुन नेपालले हाल सम्म उस्सुमा पाएको सबैभन्दा ठुलो उपाधी हो । क्यसकोसियन कराँतेबाट खेल जिवनको आरम्भ गरेकि झरना राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा उस्सुले चिनिन्छीन् । छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । ११ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि उनले कास्य पदक जितेकी थिइन् ।

खेलाडीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत २० प्रतिशत र एसएमएस मार्फत ८० प्रतिशत अंकभारका रुपमा गणना गरिने बढि अंक ल्याउनेलाई चर्चित खेलाडी घोषणा गरिने छ । झरनालाई भोट गर्न pulcharटाइप गरि स्पेस दिएर jg टाइप गरेर ३१३१ मा भोट गर्न गकिने छ ।

कमेन्टहरु
Loading...