वातावरण दिवसको अवसरमा विविध कार्यक्रम

पोखरा, २३ जेठ/सैनिक आवासीय महाविद्यालय फूलबारी पोखराले जुन ५, अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसर पारेर विविध वातावरणीय महत्वका कार्यंक्रम सञ्चालन गरेको छ । अन्तर।ाष्ट्रिय वातावरण दिवसकै अवसर पारेर महाविद्यलयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी, शिक्षक एवं कर्मचारीद्वारा विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाई गरेका छन् ।

आवासीय विद्यार्थीहरूलाई समाज सेवा र सामाजिकीकरणको महत्व बुझाई समाज सेवामा अभिप्रेरित बनाउने उद्देश्यले नियमित रुपमा महाविद्यालय यस्ता सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको कार्यक्रमका संयोजक शिक्षक वसन्त पौडेलले जानकारी दिए । त्यसैगरी यस बर्षको वातावरण दिवसको नारा ‘सोच, खाऊ र बचाउ’ भन्ने नारालाई आत्मसाथ गर्दै खानेकुराको उचित व्यवस्थापन तथा सहि प्रयोगका बारेमा विद्यार्थीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

यसै गरी अन्तर्राष्ट्रिय वातावरणकै अवसर पारी महाविद्यालयले आफ्नै प्राङ्गणमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ महाविद्यालयका प्रिन्सिपल खेमराज देवान र सैनिक सम्पर्क अधिकृत सेनानी मोहन चन्द्र गुरुङ्गले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । ‘वातावरण जोगाऔँ, हरियाली बढाऔँ’ भन्ने उद्देश्यका साथ साल, सिसौ, गुलमोहर, पैयुं, पिपल लगायतका १ सय ५० विरुवाको रोपेका थिए ।

त्यसै गरि विश्व वातावरण दिवसको अवसरमा पोखराको रामवजार स्थित लेखनाथ विभुति सेकेण्डरी वोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयलले विद्यालय हाता भित्र वृक्षारोपण, सरसफाई लगायतका कार्यक्रम गरेको हो । फूल, आँप, लिचि लगायतका विरुवाहरु रोपिएको विद्यालयका प्रिन्सीपल शुशिला के.सी. अधिकारीले जानकारी दिए । विद्यार्थीहरुले वातावरण संरक्षण सम्बन्धी नाटक, गीत, कविता, चित्रकला प्रस्तुत गरेका थिए ।

त्यसै गरि पाटनबेसी, पोखरा–१३ मा रहेको ताराकुञ्ज सेकेन्डरी स्कुलले वातावरण सम्बन्धि ¥याली, वृक्षारोपण लताएका कार्यक्रम गरेको छ । ‘सोचौँ – खाऔँ बचाऔँ – भन्ने अन्तराष्ट्रिय नाराका साथ मनाउन लागिएको वातावरण दिवसमा विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले विद्यालयदेखि पाटनबेसी, काहुखोला बाँझापाटन हुदैँ भद्रकालीसम्म पुगेका थिए ।

त्यसै गरि जैविक विविधता दिवसमा सिर्जित कक्षागत बगैँचालाई गोडमेल तथा थप बिरुवा रोप्ने कार्यक्रम गरिएको थियो । कार्यक्रममा वातावरण दिवसको अवसरमा विद्यार्थीहरुबाट रचित लेख रचनाहरु लेखन तथा वाचन कार्यक्रम पनि भएको थियो ।

कमेन्टहरु
Loading...