पोखरामा दु्रत गतिको ईन्टरनेट सेवा शुरु

सागर राज तिमिल्सिना
पोखरा, 23 जेठ /पोखरामा दु्रत गतिको ईन्टरनेट सेवा शुभ– जगदम्वा एयर नेट संचालनमा आउदै छ । जेठको २५ गतेदेखि पोखरामा केन्द्र भएर संचालनमा आउने लागेको उक्त ईन्टरनेट सेवा अन्य ईन्टरनेट सेवा भन्दा दु्रत गति भएको शुभ– जगदम्वा एयर नेट प्रालिले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दाबी गरेको हो । पोखराको नजिकैको गाँउ हेमजादेखि लेखनाथको तालचोकसम्मको क्षेत्रलाई लक्षित गरी हाल अत्याधुनिक प्रविधि सहित पोखराका विभिन्न ठाँउमा १८ वटा टावर जडान भईसकेको प्रालिका संरक्षक केशवप्रसाद अधिकारीले बताए । अतिनै कम शुल्कमा सेवा दिने उद्धेश्यले प्रालिले एक दिनको प्याकेज सहित १० रुपैयामा प्रतिदिन ईन्टरनेट सेवा दिने भएको संरक्षक अधिकारीले बताए । यो प्याकेजमा कम्तिमा एक महिनाको लागि ईन्टरनेट सेवा लिनुपर्दछ भने वेलुका ६ बजेदेखि विहान ६ बजेसम्मको लागि मात्र लागु हुने छ ।

ईन्टरनेटको माध्यमबाट जीपएस भेईकल ट्रयाकिङ सिस्टम र आईपि क्यामरा सिस्टम प्रयोग गर्न मिल्ने प्रविधि जडान गर्न सकिने प्रालिले जनाएको छ । प्रालिले उक्त सेवा शुभारम्भको एक महिना सम्म उक्त नेट जडानमा ५० प्रतिशत छुट दिने तथा ईन्टरनेट सेवामा १५ दिनसम्म निशुल्क सेवा दिने प्रालिका अध्यक्ष माधव गौतमले बताए । उक्त ईटरनेट जडानमा ५० प्रतिशत छुट सहित ५ हजारमा जडान गर्न सकिने भएको अध्यक्ष गौतमले बताए । समान्य घरहरुमा भने वारलेस ईन्टरनेट सेवा संचालन हुने प्रालिका अध्यक्ष गौतमले बताए ।

पोखराका ४ युवाको एक करोडको लगानीमा उक्त सेवा संचालनमा आउन लागेको हो । माधव गौतम, ओमकार शर्मा, एन कुमार शाहि र केशव अधिकारीको संयुक्त लगानी रहेको प्रालिले हाल २५ जनालाई रोजगार दिएको छ । प्रालिका प्रमुख कार्यकारी अधिकृत सुदिप पराजुलीले जगदब्वा आफैमा ब्राण्ड भएकोले धेरै मुनाफा भन्दा कम मुनाफा लियर मार्केटमा भिजन सहज होस भन्नका हेतुले अन्य ईन्टरनेट सेवा भन्दा सस्तो भएको बताए । पत्रकार महासंघ कास्की शाखाको भवनमा टावर निशुल्क वाईफाई दिने भएको प्रालिले जनाएको छ ।

कमेन्टहरु
Loading...