स्थानीय तह पुर्नसंरचनामा राजनीति नगर्न नागरीक समाजको सुझाब

पोखरा, ८ भदौ /स्थानीय तहको पुर्नसंरचना गर्दा राजनीतिक स्वार्थ भन्दा माथी उठेर काम गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

स्थानीय निकाय वा तह भन्नेमा सरकार नै अन्यौलमा रहेका बेला पुर्नसंरचना आयोगले स्थानीय तहको संरचना कस्तो हुने र कति सख्यामा बनाउदा उपयुक्त हुन्छ भन्दै स्थानीय बिकाश अधिकारीहरुको अध्यक्षतामा मुलुक भरी स्थानीय तहको आगामी संरचनाका सम्बन्धमा बहश भैरहेको बेला कास्कीका नागरीक समाजले पनि आफनो धारणा दिन आयोजीत अन्तरकृयामा बोल्ने सहभागीहरुले राजनीतिक स्वार्थ र संकिणर््ाताको कारण स्थानीय तहको निर्बाचन र संबिधान कार्यान्वयनमा आशंका उत्पन्न भएको उपस्थित सहभागीहरुले बताएका हुन ।

स्थानीय तह पुर्नसंरचनामा राजनीति नगर्न नागरीक समाजको सुझाब
स्थानीय तह पुर्नसंरचनामा राजनीति नगर्न नागरीक समाजको सुझाब

शान्तिका लागी नागरीक समाजको सञ्जाल, जनआन्दोलन शहित तथा घाइते परिवार समाज, मानब अधिकार एलायन्स र सयपत्री समाज पोखराको संयुक्त आयोजनामा भएको उक्त अन्तरकृयामा स्थानीय बिकाश अधिकारी दामोदर भण्डारीले नेपाल सरकारको नीति बमोजीम स्थानीय तहको संरचनाकाबारेमा प्राबिधीक रुपमा छलफल चलाइएको भएपनि अन्तिम निर्णय नभएकोले यस बिषयमा थप छलफल हुनुपर्ने बताउदै स्थानीय तहका जनताले हाल पाइरहेको सेवा सुबिधालाइ अझ बैज्ञानीक बनाउदै सिंहदरवारको अधिकार जनताको घरदैलोमा पुरयाउने उद्देश्यका साथराज्यको पुर्नसंरचाकोे काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काङग्रेशका नेता पोषनाथ शर्माले स्थानीय संरचनाको आधार जनसंख्या र भुगोल मात्र हुन नसक्नेमा जोड दिदै सबैप्रकारका सेवा सुबिधाहरुको अबसरको सृजना हुनसक्नेगरी स्थानीय तहको पुर्नसंरचना गरीनुपर्नेमा आफनो पार्टी प्रतिबद्ध रहेको बताए । नेकपा एमालेका उपसचिब प्रभा कोइरालले राजीतिक दलहरु निबार्चनबाट डराउन नहुनेमा जोड दिदै स्थानीय तहको पुर्नसंरचनालाइ लिएर राजनीतिक स्वार्थले काम गरीरहेको बताइन ।

नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य पुर्ण गिरीले संबिधान सभाबाट संबिधान र राज्य पुर्नसंरचनाको लागी जनयुद्दमा रगत बगाएको माओबादी केन्द्रले राज्य पुर्नसंरचना गर्दा आम जनताको भाबनालाइ समेट्ने गरी गरीनुपर्नेमा जोड दिएको बताए । सो अबसरमा बरीष्ठ मानब अधिकारकर्मी टेकनाथ बराल, सञ्जालका पुर्ब संयोजक बिष्णुप्रसाद बराल,आदीबासी जनजाती महासंघका जिल्ला अध्यक्ष पानबहादुर घर्ती, जनआन्दोलन घाइते तथा शहिद परिवार समाजका अध्यक्ष ढाकाराम पौडेल, अधिकारकर्मी गोमा ढकाल, निर्मला सुबेदी, दिपेन्द्र श्रेष्ठ,नारायण गौतम लगायतले आ आफनो धारणा राखेका थिए ।

सञ्जालका संयोजक सरला कुमारी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अधिबक्ता सुरेन्द्र थापाले स्थानीय निर्वाचन र संविधान कार्यान्वयनका चुनौतीहरू बिषयक अबधारणा प्रस्तुत गरेका थिए । कार्यपत्रमा उनले स्थानीय तहको निर्बाचन हुन नसके संबिधान फेल हुन सक्ने सम्भाबना हुनाले राष्टलाइ असफल हुनबाट बचाउनका लागी पनि स्थानीय तहको पुर्नसंरचना गरी निर्बाचन गरीनुपर्नेमा जोड दिएका थिए । सयपत्री समाजका सचिब गिरीधारी सुबेदीले कार्यक्रमको उद्देश्य र महत्वमाथी प्रकास पारेको थिए भने सञ्चालन सञ्जालका महासचिब शिब खकुरेलले गरेका थिए ।

कमेन्टहरु
Loading...