दमौलीबाट पोखरा आउदै गरेको मिनीबस दुर्घटना, १९ जना घाईते

राजन उपाध्याय
तनहुँ, २७ पुस /दमौलीबाट पोखरातर्फ आउदै गरको मिनीबस शुक्लागण्डकी–१, हलेदीमा दुर्घटना हुदा १९ जना घाइते भएका छन् । घाइतेहरु मध्य १५ जनाको सामान्य उपचारपछि घर फर्किएका छन् ।

घाईतेहरु लमजुङ कोल्की गाविस–५ बस्ने २२ वर्षिय रमिता गुरुङ, स्याङ्जाकी ४५ वर्षिय प्रतिमा गुरुङ र शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षिय देउमाया गुरुङको क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । यसैगरी मुस्ताङ घर भई हाल पोखरा बस्दै आउनुभएकी २५ वर्षिय राखि गुरुङको तनहुँ सेवा हस्पिटलमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको ईलाका प्रहरी कार्यालय बेलचौताराका असहि मा प्रसाद ढकालले जानकारी दिनुभयो ।

घाईतेहरुको अवस्था सामान्य रहेको छ । दिउँसो पोखरा जादै गरेको ना ४ ख ७५२४ नम्बरको बसको पट्टा भाचिएर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...