क्षेत्र नं. ८ पोखराको यु—१६ क्रिकेट खेलाडी छनौट

पोखरा, १७ माघ/क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ८ पोखरा अन्र्तगत पोखरामा सञ्चालित अन्तर जिल्ला यु—१६ पुरुष क्रिकेट छनौट प्रतियोगिताबाट १४ खेलाडी र ४ बैकल्पिक खेलाडी छानिएका छन् ।

क्षेत्र नं. ८ पोखराको यु—१६ क्रिकेट खेलाडी छनौट
क्षेत्र नं. ८ पोखराको यु—१६ क्रिकेट खेलाडी छनौट

पोखरामा हुने यु—१६ पुरुष एक दिवशीय राष्ट्रिय प्रतियोगितामा यस क्षेत्र नं. ८ पोखराबाट आशिक श्रेष्ठ क्याप्टेन, केशव खत्री उप—क्याप्टेन र खेलाडीहरुमा अगेन्द्र छन्त्याल, किरण तिवारी, आशिष गुरुङ, सुमन घिमिरे, सन्तोष उपाध्याय, आदर्श रिजाल, सन्जोस डल्लाकोटी, दिपेश गुरुङ, नविन लुँइटेल, राजु सोनी, सन्देश कँडेल, रोनित बाटाजु चयन भएका छन भने बैकल्पिक खेलाडीहरुमा विराट दवाडी, सन्तोष न्यौपाने, पवन भण्डारी, विपिन खत्री चयन भएको टेक्निकल कमिटीका संयोजक देवीप्रसाद गुरुङले जानकारी दिनुभयो । छनौटका लागि एकदिवशीय प्रतियोगितामा कास्की र चितवनले एक एक खेलमा विजयी भएको थियो ।

कमेन्टहरु
Loading...