क्रिकेटको उपाधि अफगानिस्तालाई, नेपाल उपबिजेता

२१ चैत, काठमाण्डौ । एसीसी ट्वान्टी-२० कप क्रिकेटको उपाधी लगातार चौथो पटक अफगानिस्तानले जितेको छ । नेपाललाई ७ विकेटले पराजित गर्दै अफगानले उपाधी रक्षा गरेको हो । अघिल्ला खेलहरुमा जस्तो व्याटिङ र बलिङ दुबै चल्न नसक्दा पहिलो पटक फायनल पुगेको नेपाल उपविजेतामा सिमित भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ३६ रनको विजयी लक्ष्य अफगानिस्तानले १३ बल बाँकी छँदा मात्र ३ विकेटको क्षतिमा भेट्टयो । उसका लागि गुल्वादिन नाभीले अविजित ४३ रन बनाए । नेपालका कप्तान पारस खड्का र शक्ति गौचनले समान १-१ विकेट लिए ।

यसअघि त्रिबि क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक जोडे ।

कमेन्टहरु
Loading...