चरक एकेडेमीमा क्रान्तिकारीको ज्ञापनपत्र

पोखरा, २२ जेठ/ अखिल क्रान्तिकारी, सीटीईभीटी, गण्डक जिल्ला समिति अन्तर्गत नर्सिङ विभागले मंगलबार चरक एकेडेमीमा ज्ञापनपत्र पेश गरेको छ । एकेडेमीले प्रथम वर्षमा नर्सिङ अध्ययन गर्दा होस्टल नै नबसेका विद्यार्थीहरुसंग होस्टल शुल्क मागेपछि उक्त शुल्क खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

क्रान्तिकारीकी नर्सिङ विभाग अध्यक्ष शोभा महतले क्याम्पस प्रमुख सृजना पण्डितलाई २४ घण्ट अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्रमा एकेडेमीले हाल दोश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अभिभावकलाई पहिलो वर्षमा बस्दै नबसेको होस्टेलको शुल्क तिर्नुपर्ने व्यहोराको पत्र पठाउनु नाजायज भएको भन्दै तुरुन्त खारेजीको माग गरिएको छ । २४ घण्टाभित्र आफ्ना माग पुरा नगरिए आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमा उल्लेख छ ।

 

कमेन्टहरु
Loading...