बस र मोटर साइकल ठक्कर खादा एकको मृत्यु

पोखरा, १४ जेठ /तनहुँको जामुने ३ माथिल्लो गुणादीमा बस र मोटरसाइकल ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ ।

बा १ प ४७७ नम्बरको पर्यटक बस र ना ३७ प ६४३३ नम्बरको मोटर साइकल ठक्कर खादाँ मोटर साइकलका चालक चितवन भरतपुर नगरपालिका ८ बस्ने ४५ वर्षका गुञ्ज बहादुर बिकको मृत्यु भएको हो ।

दुर्घटनामा परि घाईते भएको विकको उपचारको लागि रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै सवारी र बस चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...