बिमानस्थल नबने अधिग्रहण गरिएको जग्गा फिर्ता गर्न माग

पोखरा,१२ भदौ / पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि नबढे अधिग्रहण गरिएको जग्गा फिर्ता गर्न सरोकारवालाहरुले माग गरेका छन् । बिमानस्थल निर्माण प्रक्रिया बारे बिभिन्न आशंका उब्जिरहेका बेला आज पोखरामा पत्रकार सम्मेलन गरी बिमानस्थल निर्माण जनसरोकार समितिले ३८ बर्ष अघि अधिग्रहरण गरिएको ३ हजार एक सय ६ रोपनी जग्गा फिर्ता पाउनुपर्ने माग गरेका हुन् । बिमानस्थल निर्माणको डिपिआर मैै आफ्ना माग सम्बोधनको आधार नभए आन्दोलनमा उत्रने समितिका उपाध्यक्ष ललित बहादुर भण्डारीले चेतावनी दिए ।

सरकारले २०३४ सालमा प्रतिरोपनी ४ हजार, ३६ सालमा ६ हजार , ३८ सालमा १० हजार  २०६५ सालमा २७ रोपनी जग्गाको प्रतिरोपनी २१ हजारका दरले मुआब्जा उपलब्ध गराएको जनसरोकार समितिले जनाएको छ । समितिका अध्यक्ष बलबहादुर कुवरका अनुसार अहिले सो जग्गाको मुल्य प्रतिरोपनी ७० देखि ७५ लाख रुपैया सम्म पर्छ ।

बिमानस्थल निर्माणको लागि जग्गा अधिग्रहण गरेपछि सो क्षेत्रमा खानेपानी, सिंचाई टेलिफोन, बत्ती, तथा बाटोघाटोको सुबिधान हुनुपर्ने लगायतका १२ बुदे माग अघि सारेपनि सरकारले बेवास्था गरेको समितिको आरोप छ । सरकारले प्रस्थाबित बिमानस्थल वरपर कायम गरेको ५ मिटर मापदण्डको पनि मुआब्जा नदिएको उनिहरुको गुनासो छ ।

कमेन्टहरु
Loading...