कुहिएको मासु भेटिएपछि फाष्टफुडमा शिलवन्दी

काठमाण्डौ, १५ भदौ / खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाण्डौको अनामनगरमा रहेको युनिक फाष्टफुडमा शिलवन्दी गरेको छ । विभागको अनुगमनका क्रममा कुहिएको मासु र म्याद नाघेका खाद्य बस्तु भेटीएपछि फाष्ट फुडमा शुक्रवार शिलवन्दी गरेको हो । चाउमिनमा सलाईको काटी भेटिएको ग्राहकले गुनासो गरेपछि टोली अनुगमनका लागि युनिक फाष्ट फुडमा पुगेको थियो ।
अनुगमनका क्रममा म्याद नाघेका तथा कुहिएको मासु प्रयोग गर्ने गरेको भेटिएपछि फाष्टफुडमा शिलवन्दी गरिएको खाद्य निरीक्षक मदन कुमार चापागार्इले जानकारी दिनुभयो। नजिकिदै आएको चाडवाडलाई मध्यनजर गर्दै टोलीले बजार अनुगमन सुरु गरेको हो । अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउन, अत्यावश्यक बस्तुको अभाव सृजना हुन नदिन तथा कालोबजारी बढ्न नदिन भन्दै विभागले केही दिनयता अनुगमनलाई तिव्रता दिएको छ ।

अनलाइन खबर

कमेन्टहरु
Loading...