डा.केसीको अनशन तोडियो, सरकारसँग १० बुँदे सहमति

काठमाडौं,  १ कात्तिक/ १४ औं दिनदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा.गोविन्द केसीले अनशन स्थगित गरेका छन् । मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी गर्ने लगायत सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार बेलुका डा.केसीले १० वर्षीया बालिका रोजिना तामाङको हातबाट पानी र मह खाएर अनशन स्थगित गरेका हुन् ।

विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै डा. केसी गत असोज १९ गतेबाट १३ औँ चरणको असनसमा बसेका थिए । स्वस्थ्यमन्त्री दीपक बोहराले डा.केसीलाई स्वास्थ्यसँग सम्बन्धित विषयमा मन्त्रालय सकारात्मक रहेको र अन्य विषयमा सहमति जुटाई बुधबार नै माग सम्बोधन हुने विश्वास दिलाएका थिए ।

सरकार र डा.केसी बीच भएको सहमति पत्रमा सरकारले आगामी सोमबार चिकित्सा शिक्षा विधेयक ल्याउने, काठमाडौं विश्वविद्यालयमा भएको अनियमितता बारे उच्च स्तरीय छानबिन गरी दोषीलाई कारवाही गर्ने, जनसंख्या तथा भूगोल लगायतलाई आधार मानेर शिक्षण अस्पताल खोल्ने, विद्यार्थी हरुका लागि कम शुल्कमा गुणस्तरीय शिक्षा लगायतका बिषयमा सहमति  भएको छ ।

त्यस्तै, चिकित्सा शिक्षा सुधारका कतिपय विषयबस्तु राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा समाविष्ट गरिएकोले यस सम्बन्धी थप विषयबस्तु नियमावली तथा निर्देशिकामा समेत समावेश गर्ने सहमति समेत भएको छ ।

कमेन्टहरु
Loading...