उत्कृष्ट सेवा–युआरएल, बञ्जारालाई युआरएल पत्रकारिता पुरस्कार

पोखरा, २३ मंसिर/ युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार यदुनाथ वञ्जारा सम्मानित भएका छन् । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उनलाई नगद १५ हजार र ताम्रपत्रसहित सम्मान गरे ।

पोखरा ८ न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को आइतबार आयोजित पाँचौं वार्षिकोत्सव समारोहमा उनलाई सम्मान गरिएको हो । पत्रकार वञ्जाराले सम्मानबाट आफूबाट स्वास्थ्यबारे जनसाधारणमा सचेतना जगाउँदै विकृतिहरुको भण्डारफोर गर्ने ऊर्जा थपिएको बताए । २० पत्रकारबाट पत्रकारितामा क्रियाशील उनी सराङकोट साप्ताहिकका सम्पादक हुन् ।

कार्यक्रममा मन्त्री गुरुङले स्वाधीन अर्थतन्त्र निर्माण गर्दै गण्डकी प्रदेशले समृद्धिको खाका बनाइरहेको बताए । उनले अस्वस्थ हँुदा जीवनकै आनन्द लिन नसकिने र यसबाट व्यक्ति र राष्ट्रलाई घाटा हुने भएकाले स्वास्थ नागरिक तयार गर्न प्रदेश सरकार दृढ रहेको बताए । उनले भने, ‘प्रदेशमा हामी मृटु, क्यान्सर र मृगौलाका विशिष्टिकृत अस्पताल बनाउने योजनामा छौं ।’ उनले प्रदेशमा १ हजार शैड्ढयाको जनरल अस्पताल र मातृशिशु अस्पतालसमेत स्थापना गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले युआरएलले संसारकै उत्कृष्ट प्रविधि भिœयाएर उपचारको क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गरे । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय आशातीत प्रगति आशातीत प्रगति भएको बताए । उनले आधुनिक ल्याब, मेडिकल कलेज र सचेतना विकासले नेपालीको स्वास्थ्य अवस्था सुध्रिदै गएको बताए ।

प्राइभेट हस्पिटल एसोसियसन गण्डकी अध्यक्ष अशोक पालिखेले सरकारी अस्पतालको तेब्बर सेवा निजी अस्पतालले दिइरहेको बताए । उनले युआरएलको सामाजिक कार्यले निजी स्वास्थ्य संस्थाले कमाउनेमात्र होइन, सेवा पनि गर्छन् भन्ने पुष्टि गरिदिएको उल्लेख गरे । पालिखेले भने, ‘प्राइभेट अस्पतालले कमाउँछन्मात्र भन्ने मान्यता सही छैन । हामी उत्कृष्ट स्वास्थ्य सेवा कम शुल्कमै दिइरहेका छौं ।’

तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म

युआरएलका अध्यक्ष सुशील थापाले गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युआरएल प्रदेश सरकारको योजना र जनस्वास्थ्य एजेन्डालाई सघाउन तयार रहेको बताए । उनले सेवामूलक तवरले अझ विशिष्टिकृत परीक्षणहरु थप्दै गण्डकी प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन आफूहरु लागिरहेको बताए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले ल्याबले नाफाभन्दा बढी सामाजिक दायित्वलाई मध्यनजर गरेको बताए । उनले विश्वकै सर्वाेत्कृष्ट प्रविधि, रिएजेन्ट, मेसिन र चुस्त व्यवस्थापनमार्फत उत्कृष्ट सेवा दिएकाले नै सबैले युआरएललाई विश्वास गरेको उल्लेख गरे । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतिक र पत्रकार कमल पौडेल ‘अथक’, युआरएलका निर्देशक दिनेशबाबु खड्का र पत्रकार ऋषि खतिवडाले पनि बोलेका थिए । समारोहका युआरएलका कर्मचारी जोनीसारा रानालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो ।

पत्रकार राजबहादुर गुरुङको संयोजकत्वमा गठित समितिका सदस्यमा जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य पत्रकार ऋषि खतिवडा, अधिकारकर्मी रामबहादुर पौडेल र नेपाल पत्रकार महासंघ कास्कीका प्रतिनिधि कमल पौडेल ‘अथक’ सदस्य थिए ।

कमेन्टहरु
Loading...