राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि

सागर राज तिमिल्सिना
पोखरा, २४ पौष/पदमार्गका लागी विश्वमा ख्याती कमाएको राउण्ड अन्नपुर्णमा भ्रमण गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । सन् २०१२ तुलनमा सन् २०१३ मा अन्नपुर्ण क्षेत्रको भ्रमण गर्न पर्यटकको संख्यामा १४ दशमलव ५३ प्रतिशतले वृद्धि भएको हो । अगे्रजी गत वर्षमा राउण्ड अन्नपुर्णको भ्रमण गर्ने पर्यटकको संख्या १ लाख १३ हजार ४ सय ९५ रहेको अन्नपुर्ण संरक्षण क्षेत्र परियोजनाका पर्यटन अधिकृत नरबहादुर अंगाईले जानकारी दिए ।

राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि
राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि

यसरी भ्रमण गर्ने पर्यटकका सार्क मुलकका पर्यटक १४ हजार ९ सय १५ अन्य विदेशी मुलकका पर्यटकको सख्या ९८ हजार ५ सय ८० रहेको अंगाइले जानकारी दिए । पर्यटकबाट प्रबेश शुल्क वापत २० करोड १ लाख ४३ हजार रुपैया आयोजनाले संकलन गरेको अंगाइले जानकारी दिए । उनले सन् २०१२ मा १ लाख ६ हजार ४ सय ९९ सय पर्यटकले भम्रण गरेका जानकारी दिए । सन् २०१३ को अक्टोवरमा सबै भन्दा बढि २२ हजार पर्यटक भ्रमणका लागी अन्नपुर्ण क्षेत्रमा पुगेको उनले बताए ।

राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि
राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि

त्यसै गरि अप्रिलमा १४ हजार, मार्चमा १३ हजार र नोबेम्वरमा ११ हजार पर्यटकले भ्रमण गरेको उनले बताए । मोटर बाटोले पर्दयात्राको दुरी कम हुदै जादा पनि बर्षेनी पर्यटक वढ्दै जानु पर्यटन क्षेत्रमा उत्साह जनक भएको अम्गाइले बताए । यस वर्ष नेपाल संविधान सभाको चुनाव हुदा हुदै पनि पर्यटन आगमनमा बृद्धि भएको बताउदै उनले यसले पर्यटन क्षेत्रमा उत्साह थपेको बताए ।

राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि
राउण्ड अन्नपुर्ण भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि

त्यसै गरी विश्वको उत्कृष्ट गन्तव्यमा पर्न सफल उपल्लो मुस्ताङ्ग जाने पर्यटकको संख्यामा पनि बृद्धि भएको छ । लोन्ली प्लानेटले गरेको गरेको अध्ययनमा उपल्लो मुस्ताङ्ग विश्वका पर्यटकीय गन्तव्यमा तेस्रो नम्वरमा परेको थियो । उपल्लो मुस्ताङ्ग भ्रमण गर्ने पर्यटको संख्या सन् २०१२ मा ३ हजार २ सय ६६ जना रहेकोमा १३ मा ३ हजार ३ सय ४४ रहेको छ ।

कमेन्टहरु
Loading...