नयाँबजारमा आयोजित मेलामा सोमबार बम्पर उपहार खोलिने, मनोरञ्जनात्मक गतिविधी साँझसम्मै

पोखरा, २३ मंसिर । पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरिएको मेलाको आज समापन हुँदैछ । मेला समापनको प्रमुख अतिथी गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ रहनु हुनेछ ।

दिउसो २ बजे सुरु हुने औपचारिक समारोहमा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापा र पोखरा महानगरका मेयर मानबहादुर जिसी विशेष अतिथी रहनुहुनेछ ।

मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न मेला आयोजना गरिएको हो । यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउन र पोखराको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्य पनि मेलाले लिएको थियो ।

मेला आफ्नो उदेश्य अनुरुप सफल भएको आयोजक संस्थाका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो । मेला सोमबार सकिने भए पनि अन्य दिनका जस्तै साँस्कृतिक कार्यक्रम तथा मेलामा राखिएका स्टलहरु यथावत रहने सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाका प्रचारप्रसार संयोजक तथा संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म

मेलामा राखिएको बम्पर उपहार पनि सोमबार नै खोलिने छ ।बम्पर उपहार हिरोको ड्युट स्कुटर रहेको छ । मेलाको सुरुको दिनदेखि सोमबार अर्थात मंसिर २४ गते २ बजेसम्म काटिएको टिकटलाई मात्र बम्पर उपहारमा सामेल गरिने संघले जनाएको छ । यता मेला अन्तर्गत प्रवेश टिकटमा माउण्टेन हक एयर स्पोर्टस् क्लवसँगको सहकार्यमा राखिएको प्याराग्लाइडिङ उडानको उपहार ४० रुपैयाँतर्फको ८८० नम्बर तथा ८३२ नम्बरलाई प्राप्त भएको छ । यसैगरी पोखरा अल्ट्रालाइट प्रालिसँगको सौजन्यमा राखिएको अल्ट्रालाइट उडान उपहार ६० तर्फको टिकट नम्बर ११३७० लाई प्राप्त भएको छ ।

मेला अन्तर्गत आयोजित विद्यालयस्तरीय सामूहिक नृत्य प्रतियोगितामा सूर्योदय बोर्डिङ स्कूल पहिलो भएको छ । प्रतियोगितामा कुमुृदिनी होम्स दोस्रो र जुनियर सिटिजन्स स्कूलले तेस्रो स्थान प्राप्त ग¥यो । प्रतियोगितामा बेसलाइन, कास्की मोर्डनाइज्ड र मेरिगोल्ड माविले सान्त्वना स्थान प्राप्त गरे । विजेताले २५, १५, १० र ५/५ हजार प्राप्त गरे ।

कमेन्टहरु
Loading...