पोखरा पर्यटन परिषदको अध्यक्षमा चिरञ्जीवी, मंसिरमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने -मन्त्री लम्साल

पोखरा, ९ असोज / पोखरा पर्यटन परीषदको अध्यक्षमा चिरञ्जीवी पोखरेलको अध्यक्षतामा नयाँ कार्यासमिति

चयन भएको छ । परिषदको १८ औं साधरण सभा तथा १० औं अधिवेशनले पोखरेलको अध्यक्षतामा ७ सदस्यी

कार्यसमिति निबिरोध चनन गरेको हो । परिषदको उपाध्यक्षमा गोपी बहादुर भट्टराई, महासचिवमा डिल्ली प्रसाद

गौतम, सचिवमा तारानाथ पहारी चयन भएका छन । यस्तै सदस्यहरुमा कृष्ण प्रसाद भण्डारी, रामजी घिमिरे,

रामचन्द्र शर्मा चयन भएका हुन । परिषदको पहिलो बस्ने बैठक तीनजना सदस्यबाट एक जनालाई

कोषाध्यक्षका लागि मनोनित गरिने नवनियुक्त अध्यक्ष पोखरेलले जानकारी दिए ।

यस अघी गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सभाको उद्टान गरेको

थिए । उनले पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने तयारी गरेको बताए । मन्त्री

लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरु भएको र मंसिर मसान्त सम्ममा राष्ट्रपति र

प्रधानमन्त्रीको उपस्थितिमा घोषणा गरिने बताए ।

उनले पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि पहिले पूर्वाधार निर्माण गर्नुपर्ने बताउँदै त्यसपछि सातै

प्रदेशको सम्मेलन गरेर त्यहाँ गण्डकी प्रदेश सरकारको तर्फबाट पोखरालाई पर्यटनको राजधानी बनाउन प्रस्ताव

गर्ने र सबैको सहमतिमा पारित गर्ने बताए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पर्यटन क्षेत्रमा देखिएका विकृति, विसंगति

हटाएर पोखरा सुरक्षित छ भन्ने सन्देश दिन सके पोखरालाई चौविसै घण्टा खोल्न आफूहरु तयार रहेको बताए ।

गण्डकी प्रदेशका सांसद राजीव पहारीले पर्यटनमा छलाङ मार्न पोखरालाई अन्र्तराष्ट्रिय सहरको रुपमा प्रचार

प्रसार विकास गर्नु पर्ने बताए । परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका

अध्यक्ष दामु अधिकारी, पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका

अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, परिषदका अर्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई लगायतले पर्यटनमा ठगी, लुटपाट

मच्चाउनेलाई कार्वाही गर्नु पर्ने बताए ।

कमेन्टहरु
Loading...