पोखरा महानगरले करको दर बढाएको प्रत्यासीको ध्यानाकर्षण

पोखरा, ३१ साउन / पोखरा महानगरपालिकाले साउन १ गतेपछि अस्वभाविक रुपमा बढाईएको करको दर प्रर्ति पोखरा महानगरका मेयर र उपमेयरका प्रत्यासीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार पोखरा महानगरपाकिलाका मेयरका प्रत्यासी रामजी कुँबर र उपमेयरकी प्रत्यासी सरस्वती गुरुङले विज्ञप्ती प्रकाशन गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

२०७२ साल असोज १ गते तत्कालीन पोखरा उपमहानगरपालिकाले एकीकृत सम्पत्ति कर लागू गर्दा ५ बर्षसम्म करको दर नबढाउने निर्णय गरेको भएपनि हालसम्म आईपुग्दा ३ सय प्रतिशत सम्म कर रकम बढाएको पाईएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा एकै बर्षमा खाली जग्गाको मूल्याकंन डेढ सय प्रतिशतसम्म बढाईएको छ । मालपोत कार्यालयले जग्गाको मूल्यांकन बढाउनु स्वभाविक हो तर मालपोतलाई देखाएर आफ्नो स्वायत्ततालाई समेत नजरअन्दाज गरिनु अस्वभाविक चरित्र रहेको उल्लेख छ ।

महानगरपालिकाबाट दिईने सेवा दस्तुर, ब्यवसाय कर लगायत सबै शीर्षकमा गरिएको बृद्धीदर तत्काल फिर्ता दिन माग गरेको छ ।

राजश्व बढाउने बाहनामा नागरिकलाई करले थिच्नु देशको अर्थतन्त्र नै कमजोर पार्ने षड्यन्त्र भएको विज्ञप्तीमा उल्लेख छ । एउटै नागरिकलाई विभिन्न नाममा शीर्षक देखाएर दोहोरो करको मारमा पारेको उनीहरुको आरोप छ ।

हामी करको विरोधी होईनौं । तर समय सापेक्ष र बैज्ञानिक कर प्रणाली लागू गर्नुपर्छ जहाँ करको दर होईन दायरा बढाउनुपर्छ भन्ने सर्वमान्य मान्यतालाई अनुसरण गर्दै महानगरले पनि बढाईएको करको दर अविलम्ब फिर्ता लिएर आम नागरिकलाई खुला अर्थतन्त्रमा प्रतिश्पर्धा गर्ने वातावरण सिर्जना गर्न  जोडदार माग गरेको छ ।

कमेन्टहरु
Loading...