पोखरामा बेवारिसे महिलालाई मध्यरातमा सडकमै बलात्कार

रञ्जन अधिकारी
पोखरा, ३० असोज /पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात मा प्रहरीले रंगेहात पक्राउ

गरिएको छ । पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त

महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो ।

मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

४० बर्ष हाराहारीका ति पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए ।

अस्वस्थ र अशक्त महिलालाई बलत्करा गर्ने पुरुष बाग्लुङ मुलपानीका अर्जुन पन्त रहेको छन् । महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।

पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको

घर तथा परिवार अवस्था भने पत्ता लागेको छैन ।

दुई जना बटुवाले क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक

आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।

बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले

बताएको छ । पन्तले आफूले नराम्रो केहि गरिनसकेको जिकिर गर्दै थिए । महिलालाई स्वास्थ्य उपचारका लागि अस्पताल लगिएको छ ।

गण्डकन्युज डटकमबाट

कमेन्टहरु
Loading...