पोखरामा दुर्घटना, मोटरसाइकल दुई टुक्रा, दुई घाईते, एकको अवस्था गम्भिर

पोखरा, १२ असार/पोखरा लेखनाथ महानगर पालिका २५ हेम्जामा जिप र मोटर साइकल ठोकिदा दुई जना घाइते भएका छन् । ग२च १४७६ नम्बरको जिप र ग५प ९०५५ नम्बरको मोटर साइकल ठक्कर खादा दुई जना घाइते भएका हुन् ।

अन्नपुर्ण गाउँपालिका ६ लुम्लेका २८ बर्षिय सन्तोष देवकोटा र अन्नपुर्ण गाउँपालिका सल्यानका २७ वर्षिय दयराम पौडेल घाइते भएका छन् । घाइते मध्ये देवकोटाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु दुबैको पोखराका मणिपाल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर पछि मोटरसाइकल दुई टुक्रा भएको छ ।

कमेन्टहरु
Loading...