पोखरामा मिटरमा ट्याक्सी चले नचलेको अनुगमन, १८ ट्क्यासी कार्वाहीमा

सागर राज तिमिल्सिना
पोखरा, १२ असार /ट्क्यासीले बढी भाडा लिएको र मिटरमा चल्न नमाल्ने ट्याक्सीलाई क्षेत्रिय प्रशासन कार्यालयले पोखरामा अनुगमन थालेको छ । क्षेत्रिय प्रशान कार्यालयको सम्मन्यमा कार्वाही सुरु गरेको छ ।

दुई टोली बनाएर भएको अनुगमनमा १ सय ३४ वटा ट्याक्सीहरु रहेको छन् । त्यस मध्ये १७ वटाको मिटर विग्रियको र एउटा ट्क्यासीले मिटर भएकाले कार्वाहीका लागि गुणस्तर तथा नाप तौल कार्यालय कास्कीलाई सिफारी गरिएको क्षेत्रिय प्रशासन कार्यालय पोखराका लेखा अधिकृत नवराज श्रेष्ठले जानकारी दिए ।

अनुगमनका क्रममा एक ट्क्यासी चालकले मदिरा सेवन गरेको पाइए पछि कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा मिटरमा चलाइ रहेका ५५ वटा ट्याक्सी, मिटर भएर पनि मिटर नचलाइका १० वटा, साइड सिनका लागि रिर्जभ हिडेका २० वटा पाएको उनले बताए ।

उनले मिटर नचलाइ चलाएका १० वटा ट्याक्सीलाई पहिलो पटकलाई सचेत गरेर छाडेको बताए । अनुगमनमा क्षेत्रिय प्रशान कार्यालय, जिल्ला प्रशान कार्यालय कास्की, गुणस्तर तथा नाप तौल कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधिहरु थिए ।

कमेन्टहरु
Loading...