पोखराको चिप्लेढुंगामा बम दुर्घटनाका घाइते गुरुङलाई उपचारको लागि बेल्जियमबाट सहयोग

पोखरा, ३० साउन / जनयुद्धताका पोखराको चिप्लेढुंगामा भएको बम विस्फोटमा परी घाइते भएकी लिला गुरुङलाई तमु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ ।

तत्कालिन युद्धको वेला २०६२ सालमा पोखराको चिप्लेढुंगामा बम विस्फोट हुदा तरकारी बेचेर जिविकोपार्जन गर्दै आएको लिला गुरुङलाई बमको छर्रा लागरे घाइते भइ हाल सम्म पनि उपचाररत रहेको थाहा पाएपछि तमु समाज बेल्जियमले नगद १ लाख ५९ हजार दुइ सय ५ रुपैया सहयोग गरेको हो ।

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्याममा लिला गुरुङको बारेमा जानकारी पाएपछि तमु समाज बेल्जियमका अध्यक्ष जिवन गुरुङको सक्रियतामा बेल्जियममा बसोबास गर्ने नेपालीहरुद्धारा संकलित रकम पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले मंगलबार घाइते लिला गुरुङलाई हस्तान्तरण गरेकी हुन ।

मंगलबार तमु धि नेपालको प्राङगणमा आयोजित ट्होटे पर्वको कार्यक्रमका बिच बेल्जियममा संकलित रकम तमु धि नेपालकी अध्यक्ष कर्मा तमु, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य मनबहादुर गुरुङ र पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले उक्त रकम घाइते लिला गुरुङलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा तमु धि नेपालकी अध्यक्ष कर्मा तमुले जनयुद्ध ताका घाइते भएकाहरु अझैपनि औषधी उपचार नपाएर जीवन मरणको दोसाधमा वाचिरहदा प्रवासमा रहेका नेपालीहरुले आफ्नो देशको घाइते पिडितहरुलाई सहयोग गर्नु श्रहानिय काम भएको वताइन ।

रकम हस्तान्तरण समारोहमा बोल्दे पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले सरकारले जनयुद्धका घाइतेलाई सहयोग नगर्नु निकै दुखद पक्ष रहेको वताउदै युद्धका घाइते लिला गुरुङको बारेमा विभिन्न सामाजिक सञ्जाल र मिडियाहरुमा समाचार आएपछि बेल्जियममा रहेको तमु समाज बेल्जियमका अध्यक्ष जिवन गुरुङले आफ्नो सक्रियतामा प्रवासी नेपालीहरुबाट संकलित रकम घाइते लिलालाई प्रदान गर्न पाउदा निकै खुसी लागेको वताइन ।

लिला जस्तै कैयौ घाइतेहरु अझैपनि जिवन मरणको दोसाधमा वाचिरहेकाले सरकारले पनि उनीहरुको जीवनको बारेमा सोच्नुपर्ने र सहयोग गर्नुपर्नेमा गुरुङले जोड दिइन ।

सहयोग रकम बुझ्दै घाइते लिला गुरुङले आफुले सरकारबाट केही सहयोग नपाइरहेको वेला विभिन्न संघ सस्थाहरुको सहयोगबाटै आफुले उपचार गर्दै आइरहेको वताउदै तमु समाज युकेले आफुलाई लगाएको गुण कहिल्यै नभुल्ने वताइन ।

पोखराको चिप्लेढुङ्गाको सडक पेटीमा फलफुल बेचीरहेको बेला २०६२ सालमा बमको छर्रा लागेर घाइते भएकी लिला गुरुङ अहिले निकै नाजुक अवस्थामा जीवन निर्वाह गर्दै आइरहेकी छिन ।

कमेन्टहरु
Loading...