पोखरामा बम फेला, सेनाद्धारा निस्किय, बन्द खुल्यो

पोखरा, २९ साउन /नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लप समुहको आयोजना भएको बन्द क्रममा पोखरा महागनरपालिका लेखनाथमा बम फेला परेको बम नेपाली सेनाले निस्किय बताएको छ ।

लेखनाथस्थित तालचोकको धर्मकाँटामा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले बम डिस्पोजल टोलीले निस्किय पारेको हो । बम भएको शंकामा बन्द भएको पृथ्वी राजमार्ग पनि खुलेको छ ।

बन्दका क्रममा पोखराबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन गुडेका थिएनन् भने मुख्य बजार पनि बन्द थियो । केही मात्रामा निजी सवारी साधनहरु र पसलहरु भने संचालन भएका थिए ।

शैक्षिक संस्था, उद्योग, कलकारखा पनि बन्द थिए । पोखरा मुख्य चोक चोकमा प्रहरी र शसस्त्र प्रहरी परिचालन गरेको थियो । साझँ ५ बजे पछि बन्न खुलेको आयोजकले जनाएका छन् ।

कमेन्टहरु
Loading...