पोखरामा एन्फाद्वारा आवासीय एकेडेमी बनाउन तीन ठाँउको अध्ययन

पोखरा, ५ असोज/ अखिल नेपाल फुटबल संघ(एन्फा)ले एकेडेमी निर्माण गर्न पोखरामा तीनवटा ठाँउहरु अध्ययन

अवलोकन गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा तथा संघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष

कृष्ण थापासहितको टोलीले अध्ययन गरी फर्किएको हो ।

पोखरा २५ हेमजाको सुईखेत, पोखरा १५ स्थित फुलबारी रिपोर्ट भन्दा दक्षिण तर्फ र माछापुच्छ«े गाँउपालिकाको

भेडाबारीमा एकेडेमी निर्माणको लागि अध्ययन गरेर फर्किएको हो । उपाध्यक्ष कृष्ण थापाले हेरिएको ठाँउको

आवश्यक अध्ययनपछि जहाँ उपयुक्त हुन्छ त्यही निक्र्यौल गरिने बताए । ‘अहिले जग्गा मात्रै हेरिएको छ । टुंगो

लागेपछि मात्रै आवश्यक बजेटसहितको योजना फुटबलको सर्वोच्च संस्था फिफामा पठाईने छ ।’ उनले भने ।

हेरिएको जग्गा मध्ये भेडाबारीमा एकेडेमी निर्माण गर्न एन्फालाई मन्त्री विश्वकर्माको दबाव छ । हेरिएको तीनै ठाँउ

भने सरकारी पर्ती जग्गा हुन् । एन्फाले सातै प्रदेशमा आवासीय एकेडेमी निर्माण गर्ने लक्ष्य राखेको छ । जुन लक्ष्य

अनुसार पोखराको तीनवटा ठाँउ हेरिएको हो । उपयुक्त ठाँउ छनोट गरी प्राविधिक अध्ययनपछि एन्फाले निर्णय

गर्ने उनले बताए ।

एकेडेमीको लागि ३ सय रोपनी भन्दा जग्गाको खाँचो पर्ने एन्फाले जनाएको छ । ४ खेल मैदान बनाउने एन्फाको

योजना छ । आवासीय भवनसहित अन्य पुर्वाधार तयार पार्ने एन्फाले जनाएको छ । त्यसको लागि १० करोड रुपैयाँ

बजेट खर्च हुने अनुमान गरिएको छ । एन्फाले एकेडेमीमा १४, १६ र १८ वर्ष मुनिका उमेर समूहका

खेलाडीहरुलाई आवासीय सुविधासहित राख्ने जनाएको छ । एकेडेमीमा ९० जना राख्ने समेत एन्फाले उल्लेख

गरेको छ ।

‘प्राविधिक टोलीले अध्ययन गरी निर्णय गरेपछि मात्रै एकेडेमी निर्माणके योजना अघि बढाईने छ ।’ उपाध्यक्ष

थापाले भने–‘अहिले नै यहाँ नै हुन्छ भन्ने ग्यारेन्टी लिएर भन्न सकिदैन् । तीन ठाँउ हेरिएको छ । जहाँ उपयुक्त हुन्छ

त्यही बनाउने टुगो लाग्छ ।’ अखिल नेपाल फुटबल संघले फुटबलको विकास र विस्तार गर्ने उद्देश्यसहित विभिन्न

जिल्लामा ग्रास रुट कार्यक्रम समेत अगाडि बढाएको छ ।

विद्यालयस्तरदेखि नै फुटबलको विकास गर्न एकेडेमी अनिवार्य रहेको दावी समेत एन्फाले गर्दै आएको छ ।

विभिन्न जिल्लाबाट विभिन्न उमेर समूहमा खेलाडी छनोट गरी एकेडेमीमा राख्ने योजनालाई निरन्तरता दिदैं एन्फाले

सातै प्रदेशमा त्यस्तो एकेडेमी निर्माण गर्ने काममा सक्रियता रहेको छ । एन्फाले रौतहटमा छात्राहरुलाई लक्षित

गर्दै आवासीय एकेडेमीसहितको पुर्वाधार तयार पार्ने निर्णय गरिसकेको छ ।

कमेन्टहरु
Loading...