पोखरा विमानस्थल निर्माण कार्य जटिल –पर्यटन मन्त्री

गोकुल बानियाँ/पोखरा, २२ माघ पर्यटन तथा नागरिक उड्ययन मन्त्री रामकुमार श्रेष्ठले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माण प्रक्रिया जटिल हुदै गएको बताएका छन् । नेपालको पर्यटन बिकासको लागि पोखरामा अन्तराष्ट्रिय बिमानस्थल अपरिहार्य भएपनि सुरुवाति निर्माण प्रक्रियानै त्रुटिपूर्ण रहेकाले जटिलता थपिएको उनले बताए ।

अन्तराष्ट्रिय पर्बतिय संग्रालयको ११ औं बार्षिकोत्सब एबं नेपाल पर्बतारोहण संघ अन्नपूर्ण शाखाको चौथो अबिधेशनको आज पोखरामा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय बिमानस्थल निर्माणको लागि जटिल समस्या रहेको बताए । उनका अनुसार सरकारले सुरुमा एक सय ४५ मिलियन डलर लागत स्टिमेट गरेपनि निर्माण कम्पनीले २ सय ६४ मिलियन डलर प्रस्ताब गरेपछि स्टिमेट सुधारको प्रयास भैरहेको छ ।

पोखराको अन्तराष्टिय पर्वतीय संग्रालको १० औ वार्षिक उत्सवको उद्घाटन समारोह
पोखराको अन्तराष्टिय पर्वतीय संग्रालको १० औ वार्षिक उत्सवको उद्घाटन समारोह

यसअघिको सरकारी स्टिमेट त्रुटिपूर्ण रहेकाले सच्याएर जान खोजेपनि बिभिन्न समस्या उत्पन्न भएको र बिरोधको साथै निमतमाथिनै शंकाको दृष्टीले हेर्न थालिएको मन्त्री श्रेष्ठले बताए । अहिले पुन ११ मिलियन डलर घटाएर प्रस्ताब पेश गरेको उनले जानकारी दिए । यो सरकारले नभ्याएपनि अब बन्ने सरकारले स्वमित्व ग्रहण गरी बिमानस्थल निर्माणको काम अघि बढाउनुपर्ने श्रेष्ठले बताएका छन् ।

अर्को प्रशंगमा उनले नेपालको हवाई क्षेत्र छिट्टै कालोसुचीबाट हट्ने बिश्वास ब्यक्त गरेका छन् । नेपालमा रहेको आईकाओ टोलिको पछिल्लो अध्ययन पछि बुझाईने प्रतिबेदनले कालोसुचीबाट हटाउने उनको बिश्वास छ । नेपाली उड्ययन क्षेत्रबारे प्रत्यक्ष जानकारीको लागि आएको अध्ययन टोलिले दिने सुझाबको आधारमा कालोसुचीबाट हट्न सक्ने उनले बताए ।

आईकाओको पछिल्लो अडिट रिपोर्टलेनै नेपाल लामो समय सम्म कालोसुचीमा रहने वा तत्काल हट्ने भन्ने टुङ्गो लाग्नेछ । सेवा सुधारको लागि यसअघि पटक पटक आग्रह गर्दा पनि ध्यान नदिएकाले ईयुले कालो सुचीमा रहेको उनले बताए । ईयुले गत डिसेम्बर ५ मा नेपालको उडान असुरक्षित भएको भन्दै नेपालका सबै बिमान कम्पनीलाई युरोपेली क्षेत्रमा उड्न नपाउने र नेपाल आउने युरोपेली पर्यटकलाई नेपाली जहाज नचढ्न आग्रह गरेको थियो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिब मधुसुदन बुर्लाकोटी, नेपाल पर्यटन बोर्डका सदस्य टिकाराम सापकोटा, कास्कीका प्रमुख जिल्ला अधिकारी यादब प्रसाद कोईराला, पर्बतारोहण संघका निबर्तमान अध्यक्ष आङ छिरिङ शेर्पा, महासचिब दिबस बिक्रम शाह, टानका केन्द्रिय अध्यक्ष रमेश धमला लगायतले बोलेका थिए ।

बिसं २०६० माघ २२ गतेबाट सञ्चालनमा आएको अन्तराष्ट्रिय संग्रालयमा अहिलेसम्म अबलोकन गर्नेको संख्या १० लाख नाघेको छ । १० बर्षको अबधिमा १० लाख ४ हजार २ सय ९३ जनाले संग्रालयको अबलोकन गरेको संग्रालयका संयोजक निमा नुर्बु शेर्पाले जानकारी दिए । अहिलेसम्म संग्रालयले प्रबेश टिकट बापत ६ करोड ९९ लाख २२ हजार ५ सय ३२ रुपैया आम्दानी गरेको छ ।

यसैबिच नेपाल पर्बतारोहण संघ अन्नपूर्ण शाखाको अध्यक्षमा जिवन राज सापकोटा चयन भएका छन् । संघको आज सम्पन्न चौथो अबिधेशनले सापकोटाको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । नबनिर्बाचत कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद काफ्ले , सचिब कृपा कुमार गुरुङ, सहसचिबमा शेष कान्त शर्मा तथा कोषाध्यक्षमा डिक्कि कार्की रहेका छन् । त्यस्तै सदस्यहरुमा हिरा केसी, पासाङ ग्याल्जेन शेर्पा, गंगा घले र तुलसी राम पौडेल चयन भएका छन् । नबगठित कार्यसमतिको कार्यकाल ३ बर्षको हुनेछ ।

तस्वीर ः सुरेन्द्र पौडेल

कमेन्टहरु
Loading...