पोखरा प्रिमियर लिगको (PPL) खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा पोखरा र विराटनगर खेल्ने

पोखरा, ३१ असोज / पोखरा प्रिमियर लिगको (PPL) खेल तालिका सार्वजनिक गरिएको छ । पोखरा रंगशालामा कार्तिक ९ गतदेखि

शुरु हुने क्रिकेट टी–२० प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर टाईटन र पोखरा पल्टन बिच हुनेछ । त्यसै गरी दोस्रो खेल चितवन

राईनोजले बुटवल ब्लाष्टर्ससँग खेल्ने छ । कात्र्तिक १० गतेको दोस्रो खेल भने हुलास काठमाडौ रोयल्सले एक्सपर्ट धनगढीसँग

प्रतिस्पर्धा गर्ने छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा क्विन्स इभेण्टा म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रिमियर लिगमा पोखरा पल्टनले तेस्रो दिन

बुटवल ब्लाष्टर्ससँग खेल्ने छ । त्यसभन्दा अघि विराटनगर टाईटनले एक्सपर्ट धनगढीसँग खेल्ने छ । बुटवल ब्लाष्टर्समा पोखरेली

खेलाडी विपिन खत्री समावेश छन् ।

कार्तिक १२ गते दिन भने विराटनगर टाईटनले हुलास काठमाडौं रोयल्ससँग पहिलो खेल खेल्दा दोस्रो खेल भने चितवन राईनोजले पोखरा

पल्टनसँग खेल्ने छ । पाँचौ दिनलाई आरामको लागि राखिएको छ । छैटौं दिन चितवन र एक्सपर्ट धनगढीको टोली बीच भिडन्त हुने छ ।

अर्को खेल विराटनगर टाईटनले बुटवल ब्लाष्टर्ससँग प्रतिस्पर्धा गर्ने छ । सातौ दिन चितवन र काठमाडौं बीच हुने छ । भने धनगढीले

बुटवल विरुद्ध पोखराको मैदानमा उत्रिने छ । पोखराले धनगढीसँग खेल्दा बुटवल पनि काठमाडौसँग उही दिन दोस्रो खेल खेल्ने छ ।

विराटनगरले चितवनसँग खेल्ने छ । त्यसपछि ग्रुप दोस्रो र ग्रुप तेस्रो बीच एलिमेनटरको लागि खेल्ने छन् । त्यसपछि कार्तिक २० गते

फाईनल खेल हुने छ ।

पिपिएल खेल तालिका
पिपिएल खेल तालिका
कमेन्टहरु
Loading...