यसरी बन्छ खुदो (फोटो फिचर)

पोखरा, २ माघ /कसैलाई फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ नयाँ पुस्ताका धेरैलाई थाहै नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन कताकतिमात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ मालेपाटन र ढोडबेसीमा त्यही चलन रहेको एउटा ठाउँ हो । जहाँ अझै पनि खुदो पकाउने चलन हराएको छैन ।

पोखरा ३२ मालेपाटन र ढोडबेसीमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो भन्नेचाहिँ ठ्याक्कै भन्न सकिदैन । मालेपाटन र ढोडबेसीका करिब ८० सय परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर बर्षेनी खुदो पकाएर बेच्छन् । पुसे पन्ध्र र माघे संक्रान्तिमा खुदो खाने चलन छ । अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । लेखनाथको ढोडबेसीका किसानले उखुबाट खुदो बनाएको उखुखेती तथा मेसिन व्यवस्थापन समिति अध्यक्ष नारायण प्रसाद पाण्डेले बनाए ।

बिउ रोपेको एक वर्षमा उखुको लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । ‘५ घन्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिले सम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । नगरपालिकाले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।

मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउ छन् । दुई ठाउँमा गरे करिब २ सय रोपनीमा उखु खेती हुदै आएको छ । अन्य खेती भन्दा राम्रो आम्दानी गर्ने भएपछि कृषकहरु उखुखेती तर्फ आकर्षित भएको मालेपाटन कृषि सहकारीका अध्यक्ष नारायण प्रसाद वाग्लेले बताए ।

उत्पाद भएको बिक्रीलाई फिक्कर छैन, जति पनि बिक्ने कृषकहरु बताउ छन् । घरगाउँमा एकाध गाँज उखु भए पनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरु गाउँमा खेती भएको छैन । मालेपाटन र ढोडबेसीमात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् ।

यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
यसरी बन्छ खुदो
कमेन्टहरु
Loading...