पोखराको लेखनाथमा जुवा खेल्ने ५ महिला सहित १० जना पक्राउ

पोखरा, ४ भाद्र/ कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका २७ स्थित कालिगण्डकी चोकको एक घरबाट जुवा खेल्दै गरेका १० जना पक्राउ परेका छन् ।

मिना कुमारी पुनको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलिले १० जनालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ बुक तास, नगद ८६ हजार ७ सय ५० रुपैया सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा

जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ८ म्यादे बस्ने बर्ष ४१ को केशर पुन

जिल्ला कास्की मादी गाउँपालिका वडा नं ३ बस्ने बर्ष ३२ को गिमान पुन

जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ७ बस्ने बर्ष ४४ को रेम बहादुर पुन

जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ७ बस्ने बर्ष ४४ को हिमाल पुन

जिल्ला म्याग्दी रथु गाउँपालिका वडा नं ६ बस्ने बर्ष ३६ को कुमार पुन

जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ बस्ने बर्ष ३४ को करुणा थापा

जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ बस्ने बर्ष ३० की निरा पुन

जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ बस्ने बर्ष २७ की बिष्णु पाईजा पुन

जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ बस्ने बर्ष ३९ की कुमारी पुन

जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका २७ स्थित कालिगण्डकी चोक बस्ने बर्ष ३० की मिना कुमारी पुन   (घरधनि )

कमेन्टहरु
Loading...