चार वर्षिय छोरीको मृत्यु पछि पोखराका मिँयाले भातरको अस्पतालमा न्यायको माग

नयाँ दिल्ली, १२ असार /बिरामीलाई आफ्नो अस्पतालमा भर्ना गराउनका लागि दिन—रात एक गर्ने अस्पताल, अस्पतालको आम्दानी-नाफा बढाउनका लागि, बिरामीलाई भर्ना गर्नु अघि भीआइपी सत्कार दिने अस्पताल, अन्तमा बिरामीको मृत्यु पछि किन बन्छ निर्दयी ? परिवारजनको ज्यान बचाउनका लागि घर—जमीन बेचेर लाखौँ रुपैँया महङ्गो उपचार गराउने बिरामीसँग अन्ततः किन पारदर्शिता बनाइँदैन ?

यस्तै कैयौँ प्रश्न नेपालको पोखराकी नाबालिका ४ वर्षकी सफिला खातुनको मृत्यु माथि उठिरहेको छ । सफिलाका पिता अब्बू तोहिद अली मिँयाले दिल्लीको अपोलो अस्पताल माथि उपचारको नाममा लुटको आरोप लगाएका छन् । लगभग १४ लाख रुपैँया उपचारको पैसा दिए पछि पनि ४ वर्षकी सफिलालाई अपोलो अस्पतालमा बचाउन सकिएन । सफिला थालासेमिया (रगत सम्बन्धी दिर्घकालिन रोग) ले ग्रस्त थिइन्…..उनको बोन म्यारो प्रत्यारोपण गर्नुपर्ने थियोे ।

सफिलालाई लिएर उनका बुबा र आमा अप्रिल २ मा नँया दिल्ली स्थित अपोलो अस्पताल पुगेका थिए, त्यँहाका डाक्डर ज्योति दया शंकरलाई देखाए पछि सफिलाको डाइग्नोस्टिक जाँच भयो, यतिका लागि लगभग ३० हजार रुयैँया खर्च भयो । गरिब परिवारका तोहिद अली मियाँले आफ्नी श्रीमतीसँग सरसल्लाह पछि यति महङ्गो उपचार गर्न नसक्ने कुरा अस्पताललाई बताए । उनीहरुले आफ्नी छोरी सफिलालाई एम्स अस्पताल लैजाने बताए ।

चार वर्षिय छोरीको मृत्यु पछि पोखराका मिँयाले भातरको अस्पतालमा न्यायको माग
चार वर्षिय छोरीको मृत्यु पछि पोखराका मिँयाले भातरको अस्पतालमा न्यायको माग

यति भने पछि उनीहरु जुन गेष्ट हाउसमा बसेका थिए त्यँहा फर्किए । अब अस्पतालको उदारता, दयालुता हर्नुस्, भोलिपल्ट अस्पतालबाट तोहिद अलीलाई उनीसँग डाक्टर एक चोटि भेट्न चाहन्छ भनेर फोन आउँछ । अपोलो अस्पतालको गाडी तपाईलाई लिन आउँदैछ, तपाई अस्पताल आउनुहोस् । आखिर छोरीको जिन्दगीको सवाल थियो…..सफिलालाई लिएर उनका बुबा आमा दौडदै अस्तापल पुगे । डाक्टरले उनीहरुलाई दाबी गर्दै आश्वासन दिए की सफिलाको बोन म्यारो प्रत्यारोपण सफल रुपमा गर्न सकिन्छ ।

तोहिल अलीले आफ्नो गरिबीको बारेमा बताए पछि उनलाई डाक्टर एवम् व्यवस्थापनले, यी सानी राजकुमारीका लागि जति सम्भव हुन्छ डिस्काउन्ट÷छुट गरिन्छ भनेका थिए । र यसरी सफिलालाई अस्पतालमा भर्ना गरियो । एक दिन पछि सफिलाका बुबालाई उपचारमा डिस्काउन्ट पछि १२ लाख रुयैँया खर्च लाग्ने बताइयो । प्यारी छोरीको जिन्दगीको आसा जागिसकेको थियो, अन्तत ः तौहिद अलीले ऋण काढेर पैसा बन्दोबस्त गरे । २३ मे मा सफिलाको बोन म्यारो प्रत्यारोपण भयो । त्यस पछि उनलाई इन्फेन्सन सुरु भयो र २८ मे मा सफिलाको मृत्यु भयो । सफिलाको बुबाको भनाई छ की, मृत्युपछि पनि उनको १० प्रतिशत श्वास चलिरहेको भन्दै सफिलालाई अस्तपालमा आइसीयूमा राखिएको थियो, जब उनीहरुलाई आफूहरुको सफिला अब यो संसार रहिनन् भन्ने लाग्यो उनीहरुले अस्पतालसँग सफिलाको शव माग्न थाले, तब अस्पताल व्यवस्थापन द्धारा उनीहरुलाई २८ लाखको बिल थमाइयो ।

सफिलालाई गुमाए पछि अस्पतालको यो धुर्तताले उनीे स्तब्ध भए । त्यस पछि तोहिद अली पुलिसमा जान तयार भए र मिडियाको नम्बर खोज्न थाले पछि अस्पताल प्रबन्धनले सफिलाको शव बुझाउँदै डिस्काउन्ट दिन्छौ भन्न थाल्यो । तोहिद अली पनि कमजोर बनिसकेका थिए, उनी सफिलाको शव लिएर नेपाल फर्किए ।

सफिलाको मुस्लिम परम्परा अनुसार अन्येष्टि गरिए पछि तोहिद अलीले अपोलो अस्पतालमा इमेल पठाएर आफ्नो क्रोध न्यायका लागि र दुःखपनि व्यक्त गरे, तर अस्पतालको तर्फबाट एक सान्त्वनापूर्ण मेल पनि आएन । देश—विदेशका बिरामी यदि अस्पतालमा उपचारको जानकारी लिनका फोन ग¥यो भने त्यस पछि बिरामीलाई उपचार बारे भन्न र सम्झाउन दर्जनौँ फोन र इमेल पठाउने अस्पताल, बिरामीका असन्तुष्टि र आपत्ति व्यक्त गरेका इमेलका जवाफ किन दिँदैन ? मिँयाको प्रश्न थियो । एजेन्सी सहयोगमा

कमेन्टहरु
Loading...