राष्ट्रबैंकले प्रदेश सरकारलाई सहयोग नगरेर आफै बैंक खोल्छौ– मुख्यमन्त्री गुरुङ

पोखरा, ४ माघ / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रबैक र बाणिज्य बैकहरुले प्रदेश सरकारलाई असहयोग गरे प्रदेश सरकारले आफ्नै बैक खोल्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रबैक पोखराले पोखरामा शुक्रबार आयोजना गरेको समसामयिक आर्थिक तथा बैकिङ गतिविधिका बारेमा सरोकारवाल सगँको छलफलमा सम्बोधन गदै बैकहरु केन्दिय सरकारको मात्रै हो भन्ने सोच नराख्न आग्रह गरे ।

उनले राष्ट्रबैक र बाणिज्य बैक केन्द्रि सरकारको मात्रै नभएर सात सय ६१ सरकार कै भएको बताउदै प्रदेश सरकारलाई सहयोग नगरेर आफ्नै बैंक स्थापना गर्ने बताए । उनले प्रदेश सरकारले लगानीको वातावरण बनाउने काम गर्ने बताउदै बैंक तथा वित्तिय क्षेत्रले त्यसमा लागनी गर्नु पर्ने बताए ।

सरकारमा बैङकका लागि चाहिने भौतिक पुर्वाधाराको बिकासका निमार्णका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताए । उनले प्रदेशको सम्भावना पर्यटन, उर्जा, सिमेट उद्योग जलविद्युत र कृषी रहेको बताए । कार्यक्रमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग पर्यटन, वन वातावरण मन्त्री विकास लम्सालले लगानीका सम्भावनाको सम्भावना धेरै नै रहेको बताए ।

कमेन्टहरु
Loading...