विजया दशमीमा मान्यजनबाट आशिरवाद लिदै

पोखरा, २ कात्तिक नेपालीहरूको महान् चाड वडादसैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ

विजया दशमी मनाइँदैछ । आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाउन भ्याइ नभ्याइ छ ।

विहान घरमा टीका लगाई अन्य मान्यजनको घरमा टीका तथा जमरा लगाउन अधिकाश राती सम्म पनि हिडिरहेका छन् । नीजि सवारी साधन हुनेहरुलाई खासै कठिनाई नभएपनि सार्वजनीक यातायातका साधन प्रयोग गर्नेहरुलाई भने निकै कठिन परेको छ । कम मात्रामा चलेका सार्वजनीक सवारी साधनहरुमा यात्रुहरुको निकै भिड रहेको छ ।

कम सवारी साधन चल्नु र धेरै यात्रु मान्यजनबाट टीका तथा जमरा लगाउन हिडेका हुनाले यातायातमा भिड बढि छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सुरक्षीत यात्रा गर्न र बढि भाडा लिएको पाइएमा कार्वाही गर्ने जनाएको छ ।

परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

कमेन्टहरु
Loading...