नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थी पोखराको सडकमा (भिडियो सहित)

पोखरा, २२ मंसिर /उत्तर पुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको आरोप लगाउँदै कास्कीका विद्यार्थी आन्दोलनमा उत्रेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको नतिजामा लापारबाही भएको भन्दै विद्यार्थी आन्दोलनमा निरन्तर उत्रेका हुन् । नतिजा प्रति असन्तुष्ट जनाउँदै रिटोटलिङ गर्दा रिटोटलिङमा समेत लापारबाही भएको विद्यार्थीले आरोप लगाएका छन् । रसायनशास्त्र, भौतिकशास्त्र र गणित विषयको रिटोटलिङ गर्दा रिटोटलिङ नै नगरेको अंग्रेजी विषयमा ग्रेड बढेर नतिजा आएको विद्यार्थीले सुनाए ।

परीक्षा बोर्डको लापारबाहीका कारण १२ कक्षाको परिक्षाको तयारी गर्नु पर्ने बेलामा आन्दोलनमा उत्रनु परेको विद्यार्थीको भनाई छ । परीक्षामा नै सहभागी नभएका विद्यार्थीको रिजल्ट पास भएर आएको तर कलेज टपर लगायतका राम्रा विद्यार्थीको रिजल्ट नै बिग्रेको विद्यार्थीको भनाई छ ।
परीक्षा बोर्डको लापरबाहीले गर्दा सयौं विद्यार्थीको भविष्यमै लापारवाही भएको विद्यार्थी सागर पराजुलीले बताए ।

रिटोटलिङको नतिजा प्रति पनि असन्तुष्ट जनाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रेका हुन् । २ हजार ७ सय जना विद्यार्थीको नतिजामा सुधार नआएको विद्यार्थीले बताएका छन् ।

कास्कीका विद्यार्थी नतिजा प्रकाशनको भोलिपल्ट २१ गते देखि नै परीक्षा बोर्ड कार्यालय पोखरा लगायतका शैक्षिक र प्रशासनिक कार्यालयमा धर्ना गर्दै आएका छन् । परिक्षा बोर्ड पोखराले भने विद्यार्थीको गुनासो केन्द्रमा पु¥याएको बताएको छ ।

नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थी सडकमा

नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थी सडकमा

Posted by Ganthan.com on Friday, December 7, 2018

कमेन्टहरु
Loading...