नयाँबजार मेलामा आइतबार नेपाल आइडलका फाइनलिष्ट विक्रम बरालको प्रस्तती

पोखरा, २३ मंसिर / पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकन कर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला भर्नेहरुको घुँइचो लागेको हो ।

शनिबार करिब ३० हजार जनाले मेला अवलोकन गरेको उहाँले दावी गर्नुभयो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको उहाँको भनाई छ ।
‘हामीले वर्षेनी यहाँ मेला गर्दै आएका छौँ, संघले आयोजना गर्ने मेला एकपटक पुग्नै पर्ने गन्तव्यको रुपमा विकास भएकोले पनि शनिबार भीडभाड भएको हो’, संघका अध्यक्ष दामु अधिकारीले भन्नुभयो,‘ यो मेला किनमेल गर्ने, उपभोक्ता र उत्पादकबीच सम्बन्ध स्थापना गर्ने माध्यम पनि हो ।’

मेला अब दुई दिन मात्र चल्ने भएको स्मरण गर्दै उहाँले आम पोखरेलीलाई एकपटक मेलामा आउन निम्तो पनि दिनुभयो । पोखरा उद्योग वाणिज्य संघले मेला स्थलमै आयोजना गरेको उद्योग/व्यवसाय प्रवद्र्धनसम्बन्धी सेमिनार शनिबार सम्पन्न भएको छ ।

दुई दिने ‘बि टु बि’ सेमिनारमा उद्यमी र व्यवसायीको लागि आवश्यक पर्ने सीप, बजार प्रर्वद्धनका कलाहरु, आफ्नो उत्पादनको ब्राण्डिङ, व्यवसाय र व्यवसायीबीच, व्यवसायी र सरकारबीच तथा व्यवसायी उपभोक्ताबीचको सम्बन्धबारे सहभागीहरुलाई जानकारी गराइएको थियो । सेमिनारमा ६२ जना उद्योगी/ व्यवसायीहरुको सहभागिता रहेको सेमिनार संयोजक तथा पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले जानकारी दिनुभयो ।

तालीम समापन कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले आफ्ना उत्पादनहरुको बजारीकरण गर्ने सीप भए सानो पूँजीले पनि उद्यमी÷व्यवसायी बन्न सकिने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा बोल्दै सेमिनारका प्रशिक्षक तथा औद्योगक व्यवसाय विकास प्रष्ठिान पोखराका प्रमुख रामप्रसाद तिवारीले ग्राहकसँगको दीर्घकालीन सम्बन्धले मात्र व्यवसायले सफलता पाउने बताउनुभयो ।

सेमिनारमा सहभागी गुन्युचोली बुटिकका संचालक जुष्मा थापा पाण्डेले यस्ता गोष्ठी र तालीमहरु धेरै अगाडि लिन पाएको भए अझ राम्रो हुने धारणा राख्दै सेमिनार अत्यन्त फलदायी भएको बताउनुभयो । आइतबार पोखराको नयाँबजारमा जारी एक्सपोमा नेपालको चर्चित रियालिटी सो ‘नेपाल आइडल’ का अन्तिम प्रतिष्पर्धी बिक्रम बरालको प्रस्तुती रहनेछ ।

पोखराका बिक्रमले आइतबार अर्थात मंसिर २३ गते दिउसो ३ बजे आफ्नो गायन प्रस्तु गर्नुहुने संघका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेले जानकारी दिनुभयो । उहाँसँग रितु कँडेल, कृष्ण काफ्लेले स्टेज सेयर गर्नेछन् ।

यसैगरी आइतबार लोकगीततर्फ पुरुषोत्तम न्यौपाने, चद्र शर्मा, चोलेन्द्र पौडेल, शिव हमाल , अञ्जली अधिकारी, सिरजु अधिकारी,घनश्याम रिजाल, सीता केसी,सरला पाण्डे,लक्ष्मी नेपाली, सुरेश भुर्तेल,रिता कुँवर, लक्ष्मी बरालको प्रस्तुती रहनेछ भने हाँस्यतर्फ पोखरेली माग्ने बूढा र धुर्मुस विशेष आकर्षण रहनेछन् । तायःमचाः आइतबारको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमिति संयोजक केशवबहादुर खत्रीले जानकारी दिनुभयो ।

तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म
तेस्रो काहूँ धरहरा महोत्सव मंसिर २८ देखी पुस ८ गते सम्म

यता, शनिबार सम्पन्न विद्यालयस्तरीय खुल्ला नृत्य प्रतियोगितामा सेण्ट मेरिजकी एलिसा बुढाथोकी पहिलो हुनु भएको छ । यसैगरी, जुनियर सिटिजन्सकी सम्वृद्धि पाण्डे दोस्रो,हिमाञ्चलकी एञ्जिला गुरुङ तेस्रो र लेखनाथ विभूतिकी सृष्टि गुरुङले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँहरुले क्रमशः १०, ७,५ र ३ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतियोगितामा करुणानिधी एजुकेसनकी प्रमिसा खनाल,जुनियर सिटिजन्स एकेडेमीकी सम्वृद्धि पाण्डे,हिमाञ्चल बोर्डिङकी एञ्जिला गुरुङ, सेण्टमेरिजकी जस्मिन गुरुङ, मदरल्याण्डकी सोनु शेर्पा,लेखनाथ विभूतिकी सृष्टि गुरुङ,सेण्टमेरिजकी एलिसा बुढाथोकी, सोसल पब्लिककी विपिना गुरुङ,सेण्टमेरिजकी निकिता भण्डारी र कास्की मोर्डनाइज्डकी एलिसा गुरुङ प्रतिष्पर्धी रहनु भएको छ । यता विद्यालयस्तरीय सामूहिक नृत्यमा सूर्योदय बोर्डिङ, मेरिगोण्ड मावि, कास्की मोर्डनाइज्ड, बेसलाइन, कुमुदिनी होम्स,जुनियर सिटिजन्सबीच प्रतिष्पर्धा भएको थियो ।

कमेन्टहरु
Loading...