तेस्रो बेगतास फिस फेस्टिभल शनिवार देखी

लेखनाथ , १३ फागुन/लेखनाथ नगर क्षेत्रमा माछा र पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरेको तेस्रो बेगनास फिस फेस्टिबलको शनिवार देखी हुने भएको छ । बेगनास जाऔं, माछाका परिकारमा रमाऔं भन्ने मुल नाराका साथ फागुन १४ गतेदेखि १६ गतेसम्म बेगनासताल किनारमा हुने फेस्टिवलको क्षेत्रिय प्रशासक यम कुमारी खतिवडाले उद्घाटन गने आयाृजकले जनाएका छन् ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजना र स्थानीय सामाजिक संघ सस्थाको सहकार्यमा हुने फेस्टिभलको मुख्य आकर्षकमा माछाका परिकार, मोटरबोटमा ताल शयर, तथा वराह मन्दिर दर्शनको अवसर, माछा रोग शिविर र पानी जाँच्ने कार्यक्रम, माछा, मह कफी प्रदर्शनी रहेको होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

बेगनासताल क्षेत्रका पर्यटकीय स्थलको प्रचार प्रसार, आन्तरीक तथा वाह्य पर्यटन प्रवद्र्धन, माछा, मह, कफीको प्रचार प्रसार, स्थानीय माछाहरुको संरक्षण र जानकारी गराउन फेस्टिबल आयोजना गरिएको थापाले जानकारी बताए । फेस्टिबलमा पप कन्सर्ट, हास्य व्यंग्य, लोक दोहोरीको साथै स्थानीय सांस्कृतिक प्रस्तुति, महिला तथा पुरुष डुंङ्गा दौड, पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, स्थानीय माछा संरक्षण कार्यक्रममा भुराहरु तालमा छाडिने प्रचारप्रसार उपसमितिका संयोजक दुर्गाप्रसाद अधिकारीले जानकारी दिएका छन् । फेष्टीवलमा २५ वटा स्टल रहनेछ ।

फेस्टिबलको ७५ हजार दर्शकले अवलोकन गर्नुका साथै ५० लाखको कारोवार हुने अनुमान आयोजकहरुले गरेका छन् । प्रवेश निशुल्क राखिएको फेस्टिबल गर्न १२ लाख खर्च लाग्ने र आम्दानी १४ लाख भई दुई लाख बचत हुने अनुमान थापाले सुनाए । उनका अनुसार बचेको रकम बेगनास ताल संरक्षण तथा सरसफाईमा खर्च गरिने भएको छ ।

कमेन्टहरु
Loading...