औद्योगिक घराना गोल्छाका छोराछोरी अन्तै जागिरे

विराटनगर, १२ असार/नेपालका ठुला व्यापारी गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेको खबर आजको अन्नपूर्णमा कुमार लुइँटेल र मनोज बस्नेतले लेखेका छन्।

अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अडर खटनमा चल्छन्। सामान्य कर्मचारीसरह नै उनीहरू मासिक तलब बुझ्छन्। गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन्।

विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजि अन्तर्गत एनिमेशन विधामा ग्याजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे छन्।अनुज्ञा गोल्छा अर्गनाइजेशनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन्। अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन्। सुरेन्द्रका अर्का भतिजा पनि लण्डनमा पढ्दा त्यहाँको एक सिनेमा हलमा काम गर्थे।

औद्योगिक घराना गोल्छाका छोराछोरी अन्तै जागिरे
औद्योगिक घराना गोल्छाका छोराछोरी अन्तै जागिरे

सुरेन्द्रले भने, छोरीले ग्र्याजुएट नगरुन्जेल घरबाटै पढाइ र अन्य खर्च पठाइदिने गरेको थिएँ। अहिले आफैं जागिर खाँदैछिन्। छोरी आफ्नो खर्चको जोहो आफैं गर्न सक्षम भइन्। औद्योगिक घरानाका सन्तान भएर जागिर खाँदा त्यसले अर्थ राख्ने भएकाले आफूले पनि जागिर खान प्रेरणा दिएको सुरेन्द्रले बताए। आफ्ना सन्तानलाई जागिरमा लगाउँदा कामको महत्व र परि श्रम गर्ने बानी विकास भई त्यसले पछि आफैं उद्योग चलाउन मद्दत गर्ने निर्देशक सुरेन्द्रले बताए।

कमेन्टहरु
Loading...