ससस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंङको विदाइ

पोखरा १३ फागुन /पश्चिम क्षेत्रिय ससस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनी पोखराबाट मध्ये क्षेत्रिय ससस्त्र प्रहरी मुख्यालय रुद्र बाहिनी पथलैया बारा सरुवा भइ जान लागेका ससस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंङलाई एक कार्यक्रमका बीच विदाइ गरिएको छ ।

मुक्तिनाथ बाहिनी मातहतका गण तथा विभिन्न कार्यालयका प्रमुखहरुले संयुक्त रुपमा ससस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंङलाइ विदाइ गरेका थिए ।  सो अवसरमा वोल्दै बिदाइ भएर जान लागेका ससस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंङले मुक्तिनाथ बाहिनीमा रहदा आफ्नो कार्यकाल सफल रहेको वताउदै आफ्नो मातहतको सम्पूर्ण गण र कार्यालयको सहकार्य राम्रो रहेको वताउदै आगामी दिनमा आफ्नो संगठनलाई मर्यादित बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिए ।

बिदाइ समारोहमा वोल्दै ससस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण भक्त ब्रह्मचार्यले आगामी दिनमा जहां रहेतापनि ससस्त्र प्रहरी नायव महानिरीक्षक नरेन्द्र सिंहको सफल कार्यकालको कामना गरे । मुक्तिनाथ बाहिनीका दिपक पुरीले सञ्चालन गरेको कार्यक्रममा मुक्तिनाथ बाहिनी मातहतका गणका गणपति तथा कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...