अन्नपूर्ण संरक्षण क्षेत्रमा जाँदा विदेशीलाई शुल्क बढ्यो, नेपालीलाई पनि शुल्क लाग्ने

पोखरा, ३० असोज / अन्नपूर्ण संरक्षण क्षेत्र जाने विदेशी पर्यटकलाई प्रवेश शुल्क बढेको छ भने नेपालीलाई समेत शुल्क लाग्ने भएको छ ।

यसअघि नेपालीलाई निःशूल्क प्रवेश दिँदै आएकोमा अब नेपालीले १ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै सार्कभित्रका

पर्यटकलाई प्रवेश शूल्क २ सयबाट १ हजार र सार्कबाहिरका पर्यटकका लागि २ हजार २ सय ६० बाट ३ हजार पुर्याएको छ ।

सोमबार राजपत्रमा सूचना जारी गर्दै सरकारले प्रवेश शूल्क बढाएको हो । जसअनुसार अब ति प्रत्येक क्षेत्रमा जान नेपालीले पनि प्रवेश शूल्क

तिर्नुपर्ने भएको छ । सरकारले अन्नपूर्ण सहित मनास्नु संरक्षित क्षेत्र र गौरीशंकर संरक्षित क्षेत्रमा जाने नेपाली तथा विदेशी पर्यटकबाट लिने

प्रवेश शूल्कमा पनि भारी वृद्धि गरेको छ ।

पर्यटनबर्ष मनाउन लागेको बेला यसरी कर र शुल्क बढाएपछि पर्यटकलाई सास्ती हुने पर्यटन ब्यवसायीहरु बताउँछन् । कुनै पनि शूल्क

बढाउदा कम्तिमा पनि ६ महिना पूर्व जानकारी दिनु पर्ने भए पनि सो समेत नगरेको व्यावसायीको भनाई छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले आफुहरुसँग समन्वय नै नगरी एकलौटी रुपमा बढाईएको शुल्क फिर्ता लिन माग

गरेका छन् । ‘निर्वाचित जनप्रतिनिधीलाई समेत नसोधी मनपरि शुल्क बढाउन पाईंदैन । एकतर्फी रुपमा बढेको शुल्कको विरुद्ध हामी आन्दोलन

गर्छौं, उनले भने–शुल्क फिर्ता भएन भने एक्यापको कार्यालयमा ताला ठोक्दिन्छु । कार्यपालिका बैठक बसेर निर्णय गर्ने हो ।’ उनले अन्य

गाउँपालिकाका अध्यक्षहरुसँग पनि कुरा भैरहेकोले संयुक्त कार्यक्रम बनाएर अघि बढ्ने बताएका छन् ।

कमेन्टहरु
Loading...