मिस एण्ड मिसेस फिटनेशको दोश्रो सिजनको उपाधी जिसीलाई

पोखरा, ४ चैत्र /पोखरा बिरौटाकी १८ बर्षिया एलिना जिसीले मिस एण्ड मिसेस फिटनेश २०१८ को ताज पहिरिन सफल भएकी छन् । ताज संगै एलिनाले वेष्ट फोटोजेनिक अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । अन्तिम प्रश्नको सर्बोकृष्ट जवाफ दिँदै एलिनाले निर्णायकहरु र दर्शकको मन जित्न सफल भई मिस एण्ड मिसेस फिटनेश २०१८ को बिजेता बन्न सफल भएकी थिइन् ।

कक्षा १२ मा अध्ययनरत एलिनाले बिजेताको क्राउन सँगै ५० हजार नगद रुपैया र उपहार भौचरहरु प्राप्त गरिन् ।
नारीहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यले सेपअप जुम्बाको आयोजना तथा एस.टी. क्रियशनको व्यवस्थापनमा होटल पोखरा ग्रान्डमा सम्पन्न प्रतियोगितामा १७ बर्षिया चाँदनी पुनले फस्ट रनरअप संगै मोस्ट सपोटिभ टाईटल र २२ बर्षिया इच्क्षा मल्लले सेकेण्ड रनरअपको उपाधि संगै वेस्ट पर्रफमेन्सको टाईटल पनि चुम्न सफल भईन् ।

फस्ट रनरअप चाँदनीले ताजसंगै पच्चीस हजार नगद र सेकेण्ड रनर अप इच्क्षाले पन्ध्र हजार नगदसँगै अन्य गिफ्ट ह्Þयाम्पर र भौचरहरु प्राप्त गरेका थिए । संञ्चारकर्मी सुरज थापाको कोरियोग्राफी र सौरभ थापाको सह कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, तथा हास्य प्रहशन जस्ता प्रस्तुतीले दर्शकको मनलाई मोहित बनाएको थियो ।
प्रतिस्पर्धीको मूल्याङ्कनका लागि संञ्चारकर्मी तथा मेन मिडियाका निर्देशक संजोग बस्याल, बरिष्ठ जुम्बा प्रशिक्षक जिन तमन्ना गुरुङ, मिसेस तीज तथा सञ्चारकर्मी रोजी श्रेष्ठ, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले र मिसेज गण्डकी निलिमा हिराचन श्रेष्ठले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

कमेन्टहरु
Loading...